काठमाडाै । मेगा म्याक्स टिभी प्रालिका उपाध्यक्ष ध्रुव शर्माका अनुसार कुनै पनि प्रशारित च्यानल वा एप्स कानुनी मान्यता पाएमा मात्र संचालन गर्न दिनु पर्ने र गैर कानुनी रुपमा रहेकालाई बन्द गर्नु पर्ने बताउनु भएकाे छ । यसो गर्न सके मात्र अहिले देखिएकाे समस्या समाधान हुने उहाँको भनाइ रहेको छ । आज मन्त्रालयमा भएको छलफलमा विदेशी च्यानल वितरक तथा सेवादायकहरुले कात्तिक ८ देखि क्लिन फिड लागू हुनुपर्नेमा सरकारले नै समयमा तयारी नगरेको विषयमा ध्यानाकर्षण गराएकोसमेत उहाँले जलस्रोतलाई बताउनु भएको हो ।
विश्वव्यापी अभ्यास हेर्दा कुनै पनि देशमा विदेशी च्यानलहरु दुई मोडलमा प्रशारण हुन्छन् । ‘पे च्यानल’ का रुपमा वा ‘फ्रि टु एयर’ मा । पे च्यानल हो भने त्यसका लागि ग्राहकले शुल्क तिर्नुपर्छ । तर, च्यानलले विज्ञापन बजाउन पाउँदैन । यसैलाई क्लिन फिड भनिन्छ । नेपालमा भने भारतीय च्यानलहरुले यी दुवै मोडल अपनाएका छैनन् । उनीहरुले शुल्क पनि लिएका छन्, भने विज्ञापन हेर्न पनि बाध्य पारिरहेका छन् । यस्तो प्रथाको अन्त्य हुनु पर्छ ।
हामीले १ करोड खर्च गरेर लाइसेन्स लिने, उपकरण खरिदमा १५ प्रतिशत कर र १३ प्रतिशत मूल्य अभिबृद्धि कर तिरेर बैधानिकता पाएका हौ । त्यसो हुनाले कि अरुले पनि अनुमति लिएर विज्ञापन गर्नु पर्यो नत्र त्यो बन्द गर्नुपर्ने शर्माको भनाइ रहेको छ ।
क्लिन फिड भनेको विज्ञापनरहित टेलिभिजन च्यानल हो । नेपालमा अहिले विदेशी च्यानलले निशुल्क विज्ञापन प्रशारण गरिरहेका छन् । क्लिन फिड लागू भएमा उनीहरुले विज्ञापनरहित सामग्री प्रशारण गर्नुपर्ने हुन्छ । क्लिन फिड लागू भएपछि विदेशी च्यानलको प्रसारणमा विदेशी विज्ञापन हुने छैन । विदेशी कलाकारको आवाजका विज्ञापनसमेत अब प्रसारण गर्न पाइने छैन ।
Facebook Comments