विनोद भण्डारी
चीनको वुहान शहरबाट शुरू भएको कोराना भाइरसको महामारीले विश्व नै आक्रान्त बनेको छ । यो भाईरसको संक्रमणवाट हुने मृत्युदर भने अन्य देशको तुलनामा नेपाल कम रहेको छ । ।२०७६ चैत्र ११ गतेदेखि शुरु भएको लकडाउनको अवधि २०७७ जेष्ठ २० गतेसम्म कायम गरिएको छ । हालसम्म हामी सबै बन्दाबन्दीमा छौं ।
एकातिर लकडाउनको अवधि थपिदै जानु र अर्कोतिर संक्रमितहरुको संख्या पनि बढ्दै जानुले कोराना महामारीको चपेटामा पर्ने त्रास पनि वढ्दै गइरहेको छ । लकडाउनको समयमा कोभिड(१९लाई नियन्त्रण गर्न सकिएन भने यसलाई नियन्त्रण गर्न कठिन हुने र सबै नेपालीहरु जोखिममा पर्ने संभाबना छ। कोभिड १९ लाई नियन्त्रण गर्न गरिएका प्रयासहरु र अब के गर्ने भन्ने बारेमा हामीले मनन गर्नु पर्ने समय आएको छ ।
बन्दाबन्दी (लकडाउन) चीनको वुहान शहरमा यो भाईरसको संक्रमण देखिए पछी चीनले यो भाईरसको रोकथाम, नियन्त्रण गर्न लकडाउनको विधि अपनायो र कोराना नियन्त्रणमा सफल पनि भयो । यो भाइरस इटाली, स्पेन, फ्रान्स, बेलायत, अमेरिका, रसिया, भारत लगायतका विश्वका २१५ मा मूलुकमा फैलिदै गयो । प्रायः सबै देशहरुले यसलाइ नियन्त्रण गर्न लकडाउनको विधि नै अपनाए ।
नेपालले पनि यो भाइरसलाई ट्रयाप गर्न यही विधि अपनायो । हवाई, सडकमार्गहरु, सिमानाकाहरु, उद्योगहरु, बजार, पसलहरु, कार्यालयहरु सवै बन्द गरिए । लकडाउनको शुरुको चरणमा मानिसहरु सबैले लकडाउनको पालना गरेर सरकारलाई साथ दिए । लकडाउन अवधि वढ्दै जाँदा मानिसहरु भोज भतेर गर्ने, तास खेल्ने, विहान वेलुका मनिङ वाकमा हुलका हुल निस्कने, समूहमा फुटबल खेल्ने, पसलमा सामग्री किन्दाबेच्दा, कार्यालयमा सेवा प्रवाह गर्दा सामाजिक दूरीको ख्याल नगर्ने जस्ता प्रवृतिहरु देखिदै जादैछन ।
सामाजिक व्यवहारः हाम्रो समाजमा सेवा, परोपकारको भाबना बढी छ । हामी अन्तरमुखि स्वभावका छौ । हामी दुःख पर्दा हामी त्यसको सामाना गर्ने सजिलै तत्पर हुन्छौ । हामीलाई हाम्रो दुःख,भोगाई थाह छ । हामी अरुको पीडा देख्न नसकेर सक्दो सहयोग गर्छौ । हाम्रो संस्कृती, धर्म, परम्परा, रीतिरिवाजले हामीलाई धर्म, दया, माया, स्नेह, प्रेम, सेवा, सत्कार गर्न सधै उत्प्रेरित गर्छ । यस्ता सामाजिक चालचलन र व्यवहार नेपाली समाजका विशेषता हुन। हामीले हाम्रो सामाजिक व्यवहारलाई आत्मसाथ गरेर कोरोनाको महामारी नियन्त्रण गर्न आवश्यक योजना बनाउनु पर्छ ।
उत्प्रेरणा र जनचेतना अभियानः यो कोभिड १९ को महामारी विश्वमा नै छ । विश्वका ठुला देश चीन, अमेरिका, युरोप, बेलायत, भारत लगायत अन्य देशमा परेको प्रभाब, तिनले गरेका प्रयास लगायत लकडाउनको समय र यस पछिका दिनहरुमा पनि यसबाट हुने प्रभाब, यसको लक्षण, बारे जानकारी गराउने । र यसको सर्ने माध्यम, बच्ने उपाय र क्षतिको बारेमा प्रसार प्रसार, बन्दाबन्दी गर्नुको उद्देश्य, सामाजिक दुरी कायम गर्नु पर्ने कारण, सीमा नाका शिलगर्नु पर्ने कारण, क्वारेन्टाइनमा बस्नुको उद्देश्य, सरसफाईको मापदण्डका साथै कोरोना र बन्दाबन्दीले गर्दा कुनै व्यक्ति तथा परिवारको आय, रोजगारी, स्वास्थ्य, शिक्षा अनि जीवनयापनमा परेको कठिनाइले चिन्ता, भय, त्रास, डिप्रेशन, बेचैनी जस्ता मानसिक समस्या उत्पन्न भएका छन । त्यस्ता विषयहरु मनोपरामर्श सेवाहरु, उत्प्रेणा, मनोबल जगाउने जस्ता जनचेतनाका कार्यहरु जनताको घर घर र बस्ती स्तरमा गर्नु पर्दछ ।
व्यवस्थित क्वारेन्टाइन, आइसोलेशन निर्माण र बस्नै पर्ने अनिवार्य यो महमारीको समयमा भारत लगायत अन्य मूलुकबाट आएका र आउने सक्ने व्यक्तिहरुको संख्यालाई आकलन गरी व्यवस्थित क्वारेन्टाईनको व्यवस्था गर्ने । सिमानाकामा रोकिएका नेपालीहरुलाई उद्दार गरी स्वदेश ल्याएर क्वारेन्टाइनमा राख्ने,क्वारेन्टाइनमा अनिवार्य बस्न अभिप्रेरित गर्ने,अटेर गर्नेलाई दण्डनिय बनाइनु पर्ने । नेपालको गाउँघर त एक प्रकारको क्वारेन्टाइन नै हो। घरहरु छरिएर रहेका हुन्छन ।
परीक्षणमा तिब्रता बाहिरबाट आएका व्यक्तिबाट स्थानीय ब्यक्तिहरुमा, स्थानीय ब्यक्तिहरुबाट र वस्तीहरुमा फैलन नदिन संभावित ठाउँलाई सिल गरेर च्म्त् र एऋच् त्भकत द्रुत गतीमा गर्नु पर्ने । संभावित व्यक्तिहरुको ट्राकिंङ, ट्रेसिङ, टेस्टिङ र ट्रिटमेन्ट गर्ने कार्यलाई तिब्रता दिनु पर्ने । साथै लकडाउनको समयमा दुध, तरकारी लगायत अन्य सामग्री ढुवानी गर्नेहरुलाई सम्बन्धित निकायले परीक्षण गरेर परिचय पत्र बनाई दिएर मात्र आपुर्ति गर्न दिन गर्नु पर्ने थियो । एऋच् त्भकत गर्दा लक्षण विना नै संक्रमित भएको पाईएको छ ।
सामाजिक दुरी कायम गराउन कडाई गर्नेः मानिस मानिसहरु मिलेर नै समाज बन्ने हो । समाजमा मानिसहरुका आ(आफ्नै संस्कार, रीतिरिवाज, रहनसहन, धर्म संस्कृतिका साथै सामाजिक गतिविधिहरु हुन्छन । यद्यपि यो समयमा कम्तिमा ३ फिटको दुरी कायम गरौँ । हिडडुल गर्दा, साथीभाई इष्टमित्र, छरछिमेक, पसल, सेवा प्रवाह गर्दा कार्यालय आदि सबै ठाउँमा सामाजिक दूरी कायममा अनिवार्य गर्नु पर्दछ । आफुले आफुलाई आत्म अनुशासित बनाएर यसको अधिक पालना गर्न सकिन्छ । आफ्ना कारण गर्दा परिवार, समाज संक्रमण हुनबाट जोखिन्छ भन्ने तर्फ ध्यान हामी सबैले दिनु पर्दछ ।
स्वास्थ्य र सरसफाईमा ध्यान दिऊँ यस्तो महामारीको समयमा त स्वास्थ्यको ख्याल गर्ने पर्दछ । साबुन पानीले २०÷२५ पटक हात धुने, मास्क लगाउने, सेनिटाइजर प्रयोग गर्ने, तातो पानी पिउने, प्रायजसो नियमित नुहाउने, हातले मुख र नाक नछुने, हाछ्युँ गर्दा रुमाल वा कुहिनाले छोपेर गर्ने गर्नाले आफु र समाजलाई नै स्वस्थ बनाउन सकिन्छ । कोरोनाको उपचार गर्ने र अन्य विरामीको उपचार गर्ने अस्पाताल पनि छुट्टै हुनु पर्छ । कोरोना अस्पताल बनाउदा अन्य बिरामीहरुलाई असर नगर्ने गरी बनाउदा कोरोना बाहेकका बिरामीहरुको नियमित स्वास्थ्य जाँच गर्न गराउन सजिलो हुन्छ ।
संयन्त्रको निर्माण र प्रभाकारी परिचालनः सबै तहका सरकारहरुले संयन्त्रको परिचालन गरेका छन । यस महामारीको समयमा स्थानीय सरकारले गरेको काम भने धेरै प्रशंसनिय छ । स्थानीय सरकारले आफ्नो स्रोत, साधनले सकेसम्म आफ्ना संयन्त्रहरु परिचालन गरि कोभीड १९लाई नियन्त्रण गर्न अग्र पंक्तिमा रहेर काम गर्यो, गर्दै आईरेहको छ । सिमाना नाकामा सुरक्षाकर्मीहरु र कोरोना रोकथाममा स्वास्थ्यकर्मीहरु, राष्ट्रसेवक कर्मचारीहरु अहोरात्र खटिराखेको अवस्था छ । यसका अलावा सम्बन्धित पक्षले बाहिरबाट आएका व्यक्तिहरुको पहिचान गर्ने,क्वारेन्टाइनमा बस्न लगाउने, ,लकडाउनको पालना, स्वास्थ्य र सरसफाई,सामाजिक दुरीको महत्व र मानिसहरुमा उत्प्रेरणा जगाउने,राहत वितरण व्यवस्थापन गर्ने कार्यहरुमा पनि संयन्त्रहरु परिचालन भएका छन ।
स्वास्थ्य र सुरक्षा सामग्रीको व्यबस्था कोरोनाको जोखिमा वस्ती वा ठाउँहरुमा खटिने व्यक्तिहरुलाई पनि स्वास्थ्य र सुरक्षा सामग्रीको व्यवस्थापन गर्ने र समाचारहरु प्रबाह गर्दा मानिसलाई सकारात्मक उर्जा मिल्ने किसिमले गर्ने । मानिसहरुमा कोरोना लागे पछि मरिन्छ भन्ने भान परेको हुदा निको भएका, मध्यम अवस्था र क्रिटिकल अवस्थाको पनि जानकारी दिने जसले गर्दा मानिसमा धैर्यता, आत्म संयता, स्वअनुशासन भई संक्रमणबाट जोगिन मद्दत पुग्छ ।
संक्रमितहरु बढ्दै गएमा वेड, टेस्ट किट, भेन्टिलेटर, पिपिइ, औषधी जस्ता सामग्रीहरु अभाव हुन गई उचित रेखदेख र उपचार हुन नपाई संक्रमित व्यक्तिहरुको मृत्यु धेरै हुन सक्ने संभाबनालाई ध्यान दिई यसको उचित प्रबन्ध समयमै गर्नु पर्ने हुन्छ । कोरोना रोकथाममा खटिने सुरक्षाकर्मी,सेवा प्रबाहमा खटिने स्वास्थ्यकर्मी लगायत अन्य राष्ट्र सेवकहरुलाई त्यस्ता सामग्रीहरु पनि उपलब्ध गराउन पर्ने ।
राहत वितरण र व्यवस्थापन यो महामारीले विश्व आक्रान्त बनेको छ । उद्योग, कलकारखाना आदि सबै बन्द छन । जसका कारण धेरै मानिसहरुले रोजीरोटी गुमाएका छन । असंगठित क्षेत्रहरुका ज्यालदारी मजदुर लगायत अन्यलाई राहत वितरण गरी उनीहरुको जीवनयानलाई केही सहज त बनाउने काम गर्यौ । राहत वितरण सँगसगै मास्क, पञ्जा, सेनिटाइजर, साबुन पनि वितरण गर्दा अझ राम्रो हुने थियो ।
आगामी दिनहरुमा हामीले ऋबकज ायच ध्यचप र ँययम ँयच ध्यचप विधिबाट राहत वितरण गर्नु उपयुक्त हुने देखिन्छ । ऋबकज ायच ध्यचप र ँययम ँयच ध्यचप विधिबाट राहत वितरण गर्दा गाउँघरमा आवश्यक विकास निर्माणको काम हुने, व्यक्ति रोजगार पनि हुने,नगद चाहनेले नगद,जिन्सी चाहनेले जिन्सी राहतको रुपमा पाउने, काम गर्ने व्यक्ति वा परिवारका सदस्यले मात्र राहत पाउने हुदा वास्तविक रुपमा लक्षित वर्गले नै लाभ लिने संभावना वढि हुन्छ ।
सहकार्य, साझेदारी र समन्वय यो महामारीमा कोरोनाको रोकथाम, उपचार र नियन्त्रण गरी कोरोना मुक्त नेपाल बनाउने अभियानमा सवै क्षेत्रको सल्लाहा, सुझाव, सहकार्य, समन्वय, साझेदारीको आवश्यकता छ । यस्तो अवस्थामा हामी सत्ता स्वार्थ तथा कुनै विशेष क्षेत्रको स्वार्थमा लागेर यो महामारीको समयमा जनताको मर्म र भावना माथि खेलवाड गर्ने क्रियाकलाप नगरौं। हामी सबै एकजुट भइ कार्य गरे मात्र कोरोनालाई परास्त गरी स्वस्थ,सबल र समृद्द नेपाल निर्माण गर्न सकिन्छ ।
हर्ड ईम्युनिटीः लक्षण नै नेदेखिनकन कोराना संक्रमण हुनु र कतिपय संक्रमित व्यक्तिहरु औषधी सेवन नगरी निको अवस्था देखिएको हुँदा सम्बन्धित पक्षले कोरोना महामारी नियन्त्रणाका लागी हर्ड इम्युनिटि सम्बन्धी अध्ययन अनुसन्धान गर्नु पर्ने हुन्छ ।
लकडाउनको विकल्पः नेपाल जस्तो देशले धेरै समयसम्म लकडाउन थाम्न सक्दैन । जनताहरुलाई रोग,भोक र शोक नहोस भन्नका खातिर सरकारले यस बारेमा सोच्नु पर्ने हुन्छ । स्वदेश फर्केका र फर्कन चाहने नेपालीहरुलाई जाँच गरी संक्रमण देखिए क्वारेन्टाइन र नदेखिएका तर भबिष्यमा देखिन सक्ने संभावना भएकाहरुलाई उनीहरुको सिप, क्षमता अनुसार २० दिनसम्मको श्रम क्वारेन्टाइनको व्यवस्था गरेर काममा लगाउदा सरकारलाई आर्थिक व्ययभार कम पर्ने र सम्बन्धित पक्षले रोजगारी पनि पाउने हुन्छ। ७५३ वटै स्थानीय तहमा कोरोनाको म्यापिङ गरी जोखिमको वर्गीकरण गरी जोखिमको स्तर अनुसार निश्चित क्षेत्रमा मात्र अवका दिनहरुमा लकडाउन लागू गर्दा अझ प्रभाबकारी हुने देखिन्छ ।
अन्त्यमा, नेपालले पनि यो विषम परिस्थितिको सामना गर्न लकडाउन (बन्दाबन्दी) गरेको छ । कोरोना महामारी नेपालबाट मात्र हैन विश्वबाट नै कहिले नियन्त्रण हुने हो? नियन्त्रण भै हाले पनि पछि संक्रमण देखिने हो कि हैन? संक्रमण निको भैसकेपछि स्वास्थ्यमा कस्तो असर गर्छ?यसको खोप कहिले पत्ता लाग्छ? पत्ता लागी हाले पनि परिक्षण पश्चात नेपालमा कहिले आईपुग्छ ? यी यावत गहन कुराहरु बहुत सोचनीय छन् ।
हामीले २०७२ सालको भुकप्पको पीडा खपेका छौ, माओवादी विद्रोहमा १७ हजार हाम्रै दाजुभाइ मर्दा नी सहेका छौ ,छिमेकीले नाकाबन्दी गर्दा पनि हामीले जीवन भोगेका छौ । यी यस्तै अभाब, दुखाई, भोगाईहरुले हामीलाई मेहनती, जुझारु, परिश्रमी मात्र हैन जस्तोसुकै परिस्थितिको सामन गर्ने सक्ने शक्ति हामीमा छ भन्ने प्रमाणित नै गरेर देखाएका छौ । यस्तो विकराल परिस्थितीको सामाना गरेका हामी कोरानालाई पनि परास्त गर्न सक्छौ । यो महामारी जति लम्बियो त्यत्ति हाम्रा लागी घातक छ । आफैले बुझेका छौ कि कोरोनाको कारण छरछिमेक, आफन्तको लाश उठाउनुभन्दा घर भित्रकै बास राम्रो हो । हामी सबै सचेत भएर कोरोना महामारीलाई परास्त गरी सुखी जीवन जीउन तिर लाग्नु पर्दछ ।
Facebook Comments