काठमाडाैं । बझाङ जिल्ला घर भई काठमाडौं उपत्यकामा कार्यरत एक सैनिक जवानको हिजो आश्विन ०९ गते वीरेन्द्र अस्पताल छाउनीमा उपचारको क्रममा मृत्यु भएको छ । निज जवानलाई ऐ ०६ गते Seizure (छारे रोग) को लक्षण देखिए पश्चात आकस्मिक रुपमा सघन कक्ष (ICU) मा भर्ना गरी उपचार गर्दागर्दै निजको मृत्यु भएको हो । निजको ऐ ०८ गते स्वाव परिक्षण गर्दा कोभिड-१९ पोजेटिभ देखिएको थियो । यस सँगै नेपाली सेनामा कोभिड-१९ सम्बन्धित (Covid-19 Related Complications) कारणबाट मृत्यु हुनेको संख्या २ (दुई) पुगेको छ । आजको मितिमा नेपाली सेनामा कुल संक्रमित २,१९७, निको भएको ५३९ र सक्रिय संक्रमित १,६५६ रहेको समेत सेनाले जानकारी गराएकाे छ ।
Facebook Comments