कोठामा बनाएको इपानको टिके समिति खारेज हुने

काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था इपानको घोषित चुनाव जिल्ला प्रशासन कार्यालय ललितपुरको आदेशले रोकिदिएको छ । हुन पनि इपानको चुनाव गराउन यति हतार गरिएको थियो कि प्रसव पीडाको सुत्केरीले बच्चा जन्माउन आतुर भए जस्तै । सिडियोको आदेशमा रोएिकको चुनाव फुक्का नहुँदै कोभिडको बीचमै कोठे बैठकको माध्यमद्वारा टिके प्रथाबाट च्याट्ट कार्य समिति बनाइयो ।
कार्य समिति चयनको समय देखि नै दाम्लो चुडालेर उम्किएको घोडा झैं नव घोषित पदाधिकारीहरु दौडिए मानौं कि लिगलिगको दौड जित्नु छ । ठ्याक्कै यस्तै परिस्थितिमा कानुनी रुपमा चुनाव हुनुपर्छ भन्ने पक्ष उच्च अदालत पाटन पुगेको हो भन्ने कुरा मुद्दा दर्ता भएर आदेश आएकोले यस विषयको चित्रण गर्दछ । इपानका सदस्य मिथुन चक्रवर्ति पौडेल समेतले उच्च अदालत पाटनमा दायर गरेको रिटमा के कसो भएको हो लिखित जवाफ पेश गर्नु भन्ने आदेश दिएको छ ।


वरिष्ठ उर्जा विज्ञ ज्ञानेन्द्रलाल प्रधान र नेता उद्योगपति कुशकुमार जोशीको मास्टर माइण्ड अनुसार निजी उत्पादकमा राम्रो पहुँच बनाएका ध्रुव उप्रेती, केशव रायमाझी र अर्जुन गौतमको ग्राण्ड डिजाइनमा सहमतिको नाममा नयाँ कार्य समिति गठन गरिएको आरोप सुरु देखि नै लाग्दै आएको थियो । निवेदक पौडेलले भने संस्थागत हितका लागि चुनावी प्रकृया अबरुद्ध गर्न नहुने र गलत नजिर कायम हुने हुँदा कानुनी उपचार हुन आवश्यक देखिएकाले मुद्दा दायर गरेको बताउनु भयो । चुनावको हारजीतको परिणाम अवश्य त्यस वखत सबैलाई स्वीकार हुने कुरा हो । द्वन्द्वकाल देखि नै माओवादी निकट व्यवसायी कृष्ण आचार्यको नेतृत्वमा नयाँ कार्य समितिको घोषणा गरिएको थियो । टिके कार्य समिति गुटबन्दी राजनीतिमा लाग्ने टिके कार्यसमितिबाट  संस्थागत हितका लागि कुन हदको काम हुन्छ भन्ने अनुमान सहजै गर्न सकिन्छ भनि इपानका एक सदस्यले बताए ।
इपानका पूर्व अध्यक्ष शैलेन्द्र गुरागाईंलाई यस्तो कुरा आएछ भन्दा उहाँले मैले पनि मिडियाबाट सुनेको हुँ आधिकारीक जानकारी आएको छैन । हो, भने पनि सबै साथीहरु बसेर छलफल गरी उपयुक्त निकास निस्कन्छ भन्नु भयो ।

Facebook Comments