कुलमानकाे एमसीसी उपाध्यक्ष फात्तिमासँग दूतावासमा गोप्य भेटघाट

एमसीसीसँग जाेडिएकाे बुटवल गाेरखपुर प्रशारण लाइन सझाैतापछी बिहारमा विजुली बेच्ने झुटाे प्रचारबाजी

नेपाल विद्युत प्राधिकरणमा दोस्रो कार्यकालका लागि कार्यकारी निर्देशकको रुपमा कुलमान घिसिङलाई किन ल्याइयो भन्ने कुराको उद्देश्य क्रमश उजागर भइरहेका छन् । घिसिङसँग यस्तो के जादू छ ? जसले लोड सेडिङ अन्त्यको घोषणा गरेका थिए । उनले यही काम गर्नका लागि २०७२ सालमा नेपाल सरकार ऊर्जा मन्त्रालयले ९९ बूँदे कार्ययोजना बनाएको थियो । अहिलेसम्म त्यो योजनामा उल्लेख भएका बूदाहरु पूर्ण रुपमा लागू हुन सकेका छैनन् ।

यतिवेला सबैको मनमा एउटै प्रश्न उठ्ने गरेको छ, के ती योजना फगत थिए त ? प्राधिकरणको इतिहासमा विगतमा बनेका  कुलेखानी, तामाकोसी, कालिगण्डकी, चिलिमे, मध्यमस्याङ्दी लगायतका आयोजनाहरु राम्रा रहेका छन् । विगत २६ वर्षको निजी क्षेत्रको महत्व पनि कम छैन ।  अहिले प्राधिकरणको कुल क्षमता भनेको ६५२ मेगावाट मध्य ५२८ मेगावाट सहायक कम्पनीको ५३८ मेगावाट मध्य ४८२ मेगावाट र निजी प्रवद्र्धकको ८०२ मेगावाट मध्य ५०१ मेगावाट गरी कुल १९९२ मेगावाट विद्युत उत्पादन भइरहेको छ ।

यस्तो बर्षाको समयमा पनि भारतबाट ७६ मेगावाट आयात र निर्यातमा २३ मेगावाट छ । खपत सरदर १२ सय मेगावाट र खासमा बेस लोड १०५५ मेगावाट रहेको छ । सामान्यतया हेर्दा यो तथ्याङ्कले दैनिक ७५० मेगावाट उत्पादित विद्युत खेरगइरहेको कुरालाई पुष्टि गर्छ । यस्तो उत्पादन बृद्धि भएको समयमा पनि झ्यापका झ्याप बत्ति जाने समस्याको मार जनताले झेलिरहेका छन् ।

हुम्लाको सिमिकोट र खार्पुनाथ गाउँपालिकामा बत्ति ठप्प छ । भोजपुर वितरण केन्द्रको लापरवाहीका कारण बैंकिङ सेवा र दूग्घ चिस्यान केन्द्रका साथै परीक्षाको तयारीमा रहेका बिधार्थीहरु समस्या परेका छन् । ७५० मेगावाट उत्पादित विद्युत खोलामा फ्याकेर निजी क्षेत्र, बैकिङ तथा नागरिकको जन जीवनलाई प्रभावित बनाउने एमडी घिसिङले विगतको चार बर्ष बसेर के तयारी गरे भन्दा उपलब्धी शुन्य देखिएको हो ।

मनाङलाई हेर्ने हो भने त्यहाँ बत्ति नभएको तीन महिना पूरा भएको छ । विद्युत खेर फलेर जनतालाई अँध्यारोमा राखेर यिनले ठूलो आर्थिक अपराध र राज्यप्रति कुठाराघात गरिरहेका छन् । कुलमान दामको मामलामा बढो चनाखो रहेका छन् । टेण्डर, कोटेशनमा मातहतका डिएमडी, निर्देशक, महाप्रवन्धकको अधिकार कटौतीको प्रयासमा रहेका छन् । भने यसको पछिल्लो उदाहण वितरण केन्द्र प्रमुखहरुले पाएकाे २५ हजार सम्मको खरिदको अधिकारसमेत आफैले खिचेका छन् भनि प्राधिकरण सुत्रले जनाएको छ ।

पूर्ववर्ती सरकारले स्वीकृत गरेको दोस्रो अन्तरदेशीय प्रशारण लाइनको लगानी सम्झौता नयाँ दिल्लीमा गतहप्ता सम्पन्न भएको छ । नेपालको तर्फबाट उक्त लगानी स‌ंझाैतामा विद्युत प्राधिकरणक कार्यकारी निर्देशक कुलमान घिसिङले हस्ताक्षर गरेका छन् ।  यतिवेला घिसिङले विहार ईलेक्ट्रीसिटी बोर्डका अध्यक्ष सिन्हालाई भेटीविद्युत व्यापारका बारेमा छलफल भएको हास्यास्पद समाचार बाहिर आएका छन् ।

विद्युत व्यापारका सन्दर्भमा दुई देशबीच निर्णय गर्ने, संझौता गर्ने, निकाय भनेको नेपाल सरकारको ऊर्जा सचिवस्तरिय ज्वाइन्ट स्टेरिङ्ग कमिटी हो । यस्तो अवस्थामा उनले कसरी हस्ताक्षर गर्न सक्छन् । यसो हुनाले यो आफ्नो काम देखाउनका लागि उनले फिजाएको अफवाह मात्र हो । विहार राज्यबाट नेपाललाई ११ केभी, ३३ केभी र १३२ केभी प्रशारण लाइनहरुबाट विद्युत आयात हुने गर्दछ । विहार राज्यले पनि कहिलेकाहिँ नेपालबाट विद्युत आयात गर्ने गर्दछ ।

विहार राज्यको विजुलीको मुख्य स्रोत भनेको थर्मलप्लान्ट भएकाले प्राविधिक हिसाबले प्रणालीलाई स्थिर राख्न कहिलेकाहिँ नेपालबाट पनि विद्युत विहार सरकारले निर्यात गर्ने गरेकोछ । यो क्रम लामो समय देखि चलि आएको हो । यसरी प्रयोग भएको विजुली नेट मिटरिङमार्फत हिसाब हुने गर्दछ । यो मूल्यमा मापन गरिएको हुँदैन । नेपालबाट निश्चित मूल्यमा विजुली किन्ने संझौता गर्ने अधिकार विहार सरकारलाई छैन ।

त्यसका लागि भारतको केन्द्रीय सरकार अन्तर्गत ऊर्जा मन्त्रालय केन्द्रीय विद्युत प्राधिकरणका अधिकारीहरुले घिसिङलाई कुनै महत्व नदिएपछि विहार विद्युुत बोर्डका अध्यक्षलाई भेटेर फेससेभ गर्न खोजेका हुन् । यस मानेमा उनको प्रचार सरासर झुटो भएको जानकार बताउँछन् । विगत चार बर्षदेखि बर्षायाममा नेपालको विजुली खेर गइरहेको छ । यसरी खेर गएको विद्युतलाई रुपौयाँमा मापन गर्ने हो भने दैनिक यसको मूल्य रु छ करोड  बराबरको हुन्छ । यसको मतलव अर्बौको विजुली खेर फालेर पनि आफूले ठूलो काम गरेको ढोल पिटेर कुलमान प्रचारमा रमाएका हुन । यसको भित्रि खेललाई बुझ्नेहरु भन्छन् यसमा ठूलो आर्थिक अपराध भएको छ । यत्रो रमिता चलिरहेको भएपनि उनी प्रचार गराउनमा नै तल्लीन छन् ।

घिसिङ र एमसीसीबीचकाे दूरी लामाे छैन । पछिल्लो पटक दोस्रो कार्यकालका लागि नियुक्त हुनका लागि प्रधानमन्त्री शेरबहादुर देउवालाई अहिलेसम्म मैले एमसीसी सहयोग गरिरहेको छु र अब के सहयोग गर्नुपर्छ सहयोग गर्न पूर्ण रुपमा तयार छु भनि देउवालाई विश्वास दिलाएका थिए । घिसिङ एमसीसी नेपालका पदेन बोर्ड सदस्य हुन । उनले हालसम्म करिब ३० वटा बैठकमा सामेल भएर हस्ताक्षर गरी सकेका छन् । सो वापतको बैठक भत्ता पनि लिएका छन् ।

जग्गा अधिग्रहण र अन्य प्रारम्भिक काममा हस्ताक्षर र पूर्ण सहयोग र एमसीसी सन्दर्भमा उनको सहयोग रहेको छ भन्ने जानकारको भनाइ छ । सरकारले एमसीसी पास नभएसम्मका लागि मुद्दालाई पनि पछिधकेल्ने प्रयास गरेकाे आराेप छ । अर्को कुरा अघिल्लो साता घिसिङ दिल्ली गएर न्यू बुटवल गोरखपुर ४०० केभी प्रशारण लाइनका लागि भारतसँग संझौता गरेका छन् । यो प्रशारण लाइन दोस्रो अन्तदेशीय ठूलो हो भने एमसीसीको अभिन्न अंग पनि हो । एमसीसीकी उपाध्यक्ष फतिमा नेपाल आएका बेला हतार हतार उक्त प्रशारण लाइनको संझौता भएको कुराले अर्थ राख्छ । त्यसपछि नेपाल फर्किएका घिसिङले उपाध्यक्ष फतिमासँग अमेरिकी दूतावासमा वान टु वान गोप्य भेटेको समाचार आएको छ ।

तर भारतबाट फर्किएको विषयलाई मोड्न भारतको विहारसँग विद्युत खरिद बिक्रि गर्ने कुराको प्रचारवाजी गराए । अन्तरदेशीय विद्युत खरिद बिक्रिका लागि घिसिङ त के विहारका मुख्य मन्त्री नितिश कुमारको पनि पहुँच र अधिकार क्षेत्रभित्र पर्दैन । अझ भन्ने हो भने भारतको कर्मचारीतन्त्रले कानुनतह विद्युत खरिद बिक्रिको लागि घिसिङलाई चिन्दैन । दुई देशबीच विद्युत खरिद बिक्रिको सवालमा दुवै देशका सचिवस्तरिय कमिटी, सहसचिव स्तरिय कमिटीलाई मात्र अधिकार छ । उक्त स्तरबाटमाथि जानुपरे दुबै देशको मन्त्रिस्तरिय र सो भन्दा पनि माथि जानुपरे प्रधानमन्त्री तहबाट समाधान र सहमति खाेज्ने हाे ।

दुई देशबीचकाे विद्युत खरिद सम्बन्धि सेटलमेन्ट नाेडल एजेन्सी भारतकाे एनभीभीएन आधिकारीक कम्पनी हाे । तरपनि नेपाल र भारतबीच विद्युत व्यापारकाे बाटाे खाेल्नका लागि क्रस बाेडर, इनर्जी बैकिङ र पावर ट्रेड जस्ता विषय टुङ्ग्याउन बाँकी छ । क्रस बाेडर खुल्ला गर्न भारतकाे कानून र नीति नै परिवर्तन गर्नु पर्ने जानकार बताउँछन् । त्यसाे नभएसम्म पावर ट्रेड अलि टाढा नै छ भन्ने उनीहरुकाे राय छ । धेरै बर्ष अगाडि देखि नेपाल भारत बीच बिभिन्न नाकाबाट मानवीयताका आधारमा विद्युत आदान प्रदान भने भएकाे छ । तर त्याे रकममा नभइ विद्युत नै दिएर एक अर्कालाई भर्पाइ गर्ने गरी भएकाे छ ।

 

 

Facebook Comments