कुटपिट गरी ज्वाइँको हत्या गर्ने ससुरा पक्राउ

नेपालगंज उपमहानगरपालिका-१७ परस्पुर बस्ने २३ वर्षीय शत्रुहन रैदासको कुटपिट गरी हत्या गरेको अभियोगमा उनकै ससुरा सोही उपमहानगरपालिका-२० नटनपुरुवा बस्ने नरेश चमारलगायत ५ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
श्रीमती लिन ससुराली पुगेका रैदासलाई ससुरा नरेशले शुक्रबार साँझ कुटपिट गरी कन्डाई वृक्ष नामक फल पानीमा घोली खुवाएपछि गम्भीर घाइते भएकोमा नर्सिंङहोम नेपालगंजमा उपचारको क्रममा उनको मृत्यु भएको हो । घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Facebook Comments