कार्यकारीको कार्य व्यस्तता

प्रचण्ड निवास देखि शनिवार कार्यालयसम्म

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पछिल्ला दिनमा अत्यन्त कार्य व्यस्तताले गाँजेको छ । एमडी साव आफ्नो कार्य कक्षमा प्रवेश निषेधको बोर्ड राखेर धमाधम काम गरिरहनु भएको छ । आन्तरिक विषय बाहिर जाला भनेर यतिवेला अति सहज देखिनु भएको छ भन्ने सूचना जलस्रोतले प्राप्त भएको छ । हाल के भइरहेको छ त भनि एक डिएमडीसँग बुझ्दा हाम्रो एमडी व्यस्त मानिस हो, शनिवार पनि अफिसमा काम गर्नु हुन्छ । यो सामान्य कुरा हो भनि बताउनु हुन्छ ।
गत साता देखि एमडी कार्यालयमा बढी सक्रिय हुन थाल्नु भएको र पिपिएको अधुरा रहेका कामहरु सम्बन्धित पक्षलाई बोलाइ सहि ठोक्ने काम भइरहेको कुरा सम्बद्ध शुत्रले दावी गरेको छ । भेटघाट बन्द गरेरै डेभलपरसँगको काममा व्यस्त भएको र पहिला कागजात नमिलाई सहि गरेका फाइलहरुमा कागजात मिलाउने काममा व्यस्त रहेको बताइएको छ । यसरी एकाएक काममा किन ध्यान दिइन्छ त भन्दा प्राधिकरणका कर्मचारी नै व्यक्तिगत स्वार्थ र प्रलोभनमा फसेको अवस्थामा यस्ताे हुने बताउँछन् । सामान्यतया कार्यकालकाे अन्त्यमा यसरी जाेतिनुलाई नैतिकतासँग जाेडेर हेरिन्छ ।

प्राधिकरणका पिपिए महाशाखा सुत्रका अनुसार एउटा पिपिए गर्नु भनेको ३० लाखको आम्दानी हो । यसमा नियमन आयोगको सहमति नै नलिइ ५ दर्जन पिपिए ठोक्ने एमडीलाई १/२ दर्जन पिपिएमा हस्ताक्षर गर्न ठूलो कुरा नभएको स्रोत बताउँछ । उनी प्राधिकरणको हालसम्मको हिम्मतवाला एमडी भएकोमा भने खुसी व्यक्त गर्दछन् । अस्ति बिहान खुमलटार अध्यक्षज्यू कहाँ पुगेर आफ्नो निरन्तरताको पक्का पक्की गरेर आउनु भएको छ । त्यसैले उहाँलाई कामको चटारो थपिएको हो स्रोतले भनेको छ ।
नेकपाका अध्यक्ष प्रचण्डको निवास खुमलटारमा कार्यकारी निर्देशक घिसिङ शुक्रवार बिहान पुगेर खुसी हुँदै बाहिरिएको कुरा चर्चामा आएको हो । यही भाद्र २९ गते कार्यकाल सिद्धिने बेला आफूलाई एमडी नियुक्त गर्ने पूर्व प्रधान मन्त्री एवं सत्तारुढ दलको शक्तिशाली अध्यक्ष कहाँ एकाबिहानै जानुले कुरा गम्भीर भएको देखिएको हो ।

Facebook Comments