काठमाडौं-तराई/मधेश द्रुत मार्ग निर्माणले गति लिन शुरु

काठमाडौं । राष्ट्रिय गौरवको आयोजना काठमाडौं-तराई/मधेश द्रुतमार्ग आयोजनाको निर्माणाधिन सडकका विविध पक्षहरुले गति लिन शुरु गरेको छ । आयोजनालाई पूर्ण पारदर्शी, नियमसङ्गत र गुणस्तरीय रुपमा समय सीमाभित्र सम्पन्‍न गर्ने लक्ष्य सहित निर्माण कार्यलाई नेपाली सेनाले तिव्रता दिएको छ। मिति २०७७ भाद्र ३० गते सम्मको प्रगति विवरण निम्न अनुसार रहको छ । परामर्शदाताहरुबाट भएका कामहरु छनौट भएको अन्तर्राष्ट्रिय परामर्शदाताको Team Leader नेपाल आई Local Associates का विषय विज्ञहरु समेतको टोलीद्वारा आयोजनाको फिल्ड सर्भेको काम सुचारु गरिएको जसमा Korea बाट Chief Coordinator र Chief Surveyor एक/एक जना आई कार्य प्रारम्भ गरेको । तथापि हालको विश्व महामारी (कोभिड-१९) का कारण पुरै Team Mobilization मा बाधा  परेको ।

(ख) सुरुङ्ग निर्माण सम्बन्धी प्राविधिक सर्भे तथा गतिविधीहरु

(१) सुरुङ्ग निर्माण सम्बन्धी Geophysical Survey को कार्य सम्पन्न भई Report तयार गर्ने कार्य भइरहेको ।

(२) Geotechnical Investigation अन्तर्गत महादेवटार, धेद्रे र लेनडांडा मा आवश्यक Bore Holes Drilling गर्ने कार्य भइरहेको र Drilling कार्य सम्पन्न भएका Sample हरुको Test गर्ने कार्य समेत  शुरु गरिएको ।

(३) पहुंच मार्ग (Access Road) तथा बेलीबृज Abutment निर्माण सम्बन्धी कार्य अगाडि बढाइएको ।

(४) सुरुङ्ग मार्ग निर्माण कार्यको लागि सक्षम अन्तर्राष्ट्रिय निर्माण व्यवसायी छनौट गर्न Prequalification (PQ) आह्वान गरिएकोमा आज मिति 2077 भाद्र 30 गते Pre-Bid Meeting सम्पन्न गरिएको र मिति 2077 आश्विन 14 गते Bid Submission को मिति तय गरिएको ।

(ग)  वातावरणीय प्रभाव मुल्याङ्कन बारे आयोजनाको समष्टिगत वातावरण प्रभाव मूल्याङ्कन (EIA) प्रतिवेदन तयार भई शुरुमै स्वीकृत भइसकेको । हाल आयोजनामा पर्ने सुरुङ्ग मार्ग र पुल निर्माण सम्बन्धमा आवश्यक पर्ने Brief Environmental Study (BES)/Initial Environmental Examination (IEE)/Environmental Impact Assessment (EIA) को लागि पूर्व तयारीको कार्य भइरहेको

(घ)    ढुङ्गा माटो Cutting Filling कार्य  ४ (चार) किलोमिटर कार्य सम्पन्न गर्नका लागि राष्ट्रिय प्रतिस्पर्धाबाट १२(बाह्र) वटा प्याकेजमा कार्य अघि बढाइएको ।

(ङ) रुख कटान र वृक्षारोपण कार्य     ११५० वटा रुख छपान र कटान गर्नु पर्नेमा बर्षाको कारण व्यवधान आएकोले बर्षा बन्द हुनासाथ शुरु गरिने योजना गरिएको र यसका लागि मकवानपुर जिल्ला वन कार्यालयसंग समन्वय भइरहेको । रुख कटान भए अनुसार 1:25 को अनुपातमा बृक्षारोपण कार्य गर्दै जाने योजना मुताबिक शुरुदेखि हालसम्ममा 1,07,118 वृक्षारोषण गरिएको ।(च)   जग्गा अधिकरण सम्बन्ध      मकवानपुर जिल्ला अन्तर्गतको 99 रोपनी जग्गाको पुर्जा तयार भएको र मुआब्जा बितरणको प्रक्रिया अगाडि बढाइएको । खोकना ईलाकाको हकमा सम्बन्धीत निकाय मार्फत आवश्यक पहल भइरहेको नेपाली सेनाले जनाएको छ ।

 

Facebook Comments