हरिप्रसाद ढकाल
काठमाडौँ उपत्यकाको खानेपानी आपूर्तिमा कहिलेदेखि कमी आउन थालेको भन्ने ठोकुवा गरी भन्न गाह्रो छ । २०३२/३३ सालताका पनि उपत्यकाका केही स्थानमा खानेपानी आपूर्ति ज्यादै न्यून थियो । त्यसबेलादेखि अहिले २०६२ सालसम्म आइपुग्दा पनि समस्या समाधान त कता हो कता पानीको माग र आपूर्तिको खाडल झन्झन् ठूलो हु“दै आइरहेको छ । पहिले दिनमा दुईपटक हुने पानीको आपूर्ति हाल २ दिनमा एकपटक हुनपुगेको छ । कतिपय स्थानमा वर्षका केही महिनामात्र धारामा पानी आउने गरेको देखिन्छ । हालको अवस्थामा पानीको दैनिक माग करिब २२ करोड ४० लाख लिटर छ । आपूर्ति भने वर्षाद्को समयमा करिब १५ करोड २० लाख लिटर र सुख्खा मौसममा करिब १२ करोड लिटरमात्र छ । औषतमा दैनिक करिब १३ करोड ६० लाख लिटर उत्पादन भई दैनिक करिब ८ करोड ८० लाख लिटर न्यून रहेको छ । यसबाट उपभोक्ता ज्यादै ठूलो पीडामा छन् भने पानी आपूर्तिको जिम्मा लिएको नेपाल खानेपानी संस्थान पनि चिन्तित छ ।
पानी आपूर्तिको वर्तमान स्थिति :
नेपाल खानेपानी संस्थानको २०६२ फागुनमा प्रकाशित वार्षिक प्रतिवेदन अनुसार काठमाडौँ उपत्यकामा पानीको दैनिक माग २२ करोड ४० लाख लिटर रहेको छ । दैनिक पानी उत्पादन भने १३ करोड ६० लाख लिटरमात्र छ । चुहावट (लिकेज) र खेरजाने (वेस्टेज) पानीको अंश कटाउँदा जम्मा आपूर्ति ८ करोड ४० लाख लिटरमात्र छ ।
यहा“ खानेपानी संस्थानले पानीको माग चुहावटबाहेक १०० लिटर प्रतिव्यक्ति प्रतिदिन मागेको छ भने व्क्ष्ऋब् ले सन् १९९० मा गरेको सर्भे अनुसार यस्तो माग काठमाडौँमा करिब ८८ र ललितपुरमा करिब ८१ मात्र छ । यसरी उपत्यकाको माग हिसाब गर्दा करिब ८५ लिटरको हाराहारीमा पाइन्छ । उपत्यकाको पानी उपभोग गर्नेको जनसङ्ख्या करिब २२ लाख मानेमा ( स्थायी १२ लाख, अस्थायी ६ लाख र अन्य प्रयोजनका लागि भ्त्तग्क्ष्ख्ब्ीभ्ल्त् जनसङ्ख्या ४ लाख) वार्षिक औषत माग १८ करोड ७० लाखमात्र हुन आउँछ । यसरी हेर्दा औषतमा दैनिक ११ करोड लिटर कम पानीको आपूर्ति भइरहेको देखिन्छ । (उपत्यकामा रहेका पानीका स्रोत तथा पानी आपूर्तिसम्बन्धी तथ्याङ्क बक्समा हेर्नुहोला)
थप स्रोतको सम्भाव्यता :
काठमाडौँ उपत्यकामा पानीका सतहगत स्रोत धेरै छन् । प्रायःजसो नदीनालामा वर्षाद्को समयमा हिँउदको तुलनामा कैयौँगुणा बढी पानी रहन्छ । विभिन्न अध्ययनले देखाए अनुसार काठमाडौँमा नदी नालामा वर्षाका छ महिनामा बग्ने पानीले काठमाडौँ उपत्यकाको माग पूरा गर्नसक्ने देखिन्छ । बा“की ६ महिनाका लागि मात्र पानी अपर्याप्त छ । यसरी प्रशस्त पानी हु“दाहु“दै पनि किन यस्तो पानी प्रयोग गर्नेतर्फ खानेपानी संस्थानले कदम चालेको छैन त ? यसका निम्नानुसारका दुई प्रमुख कारण छन् :
१. नेपाल खानेपानी संस्थानले यसरी ६ महिना वा ९ महिना सतहगत पानी प्रयोग गर्ने र बा“की महिना अन्य तवरबाट पानी आपूर्ति गर्ने सोच बनाएको भए पनि त्यसलाई मूर्तरूप भने दिनसकेको छैन । विशेष गरेर मेलम्ची आयोजना कार्यान्वयन हुने दिशामा गइसकेपछि सबैको ध्यान त्यही ठूलो आयोजनातर्फ छ । यसले गर्दा अन्य विकल्प खोज्ने प्रयासलाई महत्व दिइएको छैन । हुनपनि मेलम्ची आयोजना कार्यान्वयन हुने नै हो भने अरु सानातिना स्रोतहरू हेर्न वा वैकल्पिक आयोजना निर्माण गर्नेतर्फ सोच्नु वेकार नै हुने देखिन्छ । मेलम्ची आउँदैन भनेर अन्य नया“ आयोजना निर्माण गर्नु मुर्खता नै हुनजान्छ । तर यो आउँछ भनेर कुर्दा राजनधानीवासीले झन् झन् कठिनाई भोग्नु परिरहेको छ ।
२. उपत्यकाका धेरैजसो नदीनालाबाट सिञ्चाई कुलो निर्माण भएका छन् । हाल सिञ्चाईमा प्रयोग भइरहेको पानी खानेपानीका लागि प्रयोग गर्न खोज्दा कृषकहरूबाट चर्को विरोध आउने गरेको छ । हुन त खोलानालामा प्रशस्त पानी भएको मौसममा खानेपानीका लागि समेत पानी लिँदा सिञ्चाईमा त्यति बाधा हुने देखिँदैन । धेरैजसो धानखेत आज धमाधम घडेरीमा परिणत भइरहेका छन् । अव यहा“ सिञ्चाइका लागि भन्दा पनि खानेपानीको माग बढिरहेको छ । तर यो कुरा कृषकहरूलाई बुझाउन निकै कठीन हुन्छ ।
संस्थानको नीति :
कुनै पनि हालतमा खानेपानीको न्यूनतम आवश्यकता पूर्ति गर्नु संस्थानको मुख्य दायित्व हो । अहिलेको अवस्थामा उपत्यकाभित्र चालू रहेका स्रोत वा नया“ सतहगत स्रोतबाट पानी उत्पादनमा बृद्धि गर्न नसकेका कारण संस्थान हाल जमीनमुनिको पानीको प्रयोग बढी गर्ने दिशामा अग्रसर देखिन्छ । यस्तो पानी प्रयोग गर्न संस्थानले विगतमा ३५÷४० वटा गहिरा ट्यूववेल निर्माण गरेको थियो । ती ट्यूववेलले आफ्नो आयु पूरा गरिसकेका कारण एकातर्फ धामाधम विग्रनेक्रममा छन् भने अर्कोतर्फ तिनबाट निकाल्न सकिने पानीको परिमाणमा समेत ह«ास आइरहेको छ । यसरी ह«ास हुनुमा मुख्यतः पानीको च्भअजबचनभ च्बतभ भन्दा म्ष्कअजबचनभ च्बतभ बढी हुनु नै हो । यसरी ट्यूववेल विग्रनु वा म्ष्कअजबचनभ मा ह«ास आउनुका कारण घटेको पानीको परिमाणलाई क्षतिपूर्ति गरी थप पानीसमेत उत्पादन गर्न संस्थानले केही वर्षयता वार्षिक सरदर २ वटा ट्यूववेल निर्माण गर्दै आईरहेकोमा चालु आ.व. मा यो सङ्ख्यालाई अस्वभाविकरूपमा बढाएर १४ वटा ट्यूववेल निर्माण गर्ने लक्ष्य लिएको छ । संस्थानले आर्थिक वर्ष २०६१÷०६२ मा बढीमा दैनिक ३ करोड ५० लाख लिटरसम्मण् औषतमा दैनिक करिब २ करोड १३ लाख लिटर यस्तो पानी निकालेकोमा आगामी वर्षहरूमा यो परिमाण बढ्दै जाने अनुमान गरिएको छ ।
जमिनमुनिको पानी कति छ ?
सन् १९९० मा जापानी प्राविधिक (कन्सल्टेण्ट)ले गरेको अध्ययन अनुसार काठमाडौँ उपत्यकामा जमीनमुनि धेरै पानी छैन । उपत्यकालाई यस्तो पानीको उपलब्धताका हिसाबले उत्तरी, मध्य र दक्षिणी गरी ३ क्षेत्रमा बाँडिएको छ । यी ३ क्षेत्रमध्ये उत्तरी क्षेत्रमा मात्र भूमिगत पानी तुलनात्मकरूपले बढी उपलब्ध हुनसक्छ । काठमाडौँका गोँगवु, बाँसवारी, गोकर्ण र मनहरा क्षेत्रमा यस्तो पानी उपलब्ध हुनसक्छ । दक्षिणी क्षेत्रमा कममात्रामा र मध्य क्षेत्रमा पकेट पकेटमा मात्र पानी थोरै मात्रामा उपलब्ध हुनसक्ने कुरा त्यस अध्ययनले देखाएको छ ।
अध्ययन अनुसार वार्षिक औषतमा करिब १ करोड ५० लाख लिटर प्रतिदिन पानी जमिनमुनिबाट निकाल्न सकिन्छ । यो भन्दा बढी निकालेमा जमीनमुनिको सङ्कलित पानी घट्दै जान्छ । हाल उपत्यकामा योभन्दा बढी पानी निकाल्ने गरिएको र यो बढ्नेक्रममा छ । यसो गर्दा जमीनमुनिको पानीको सतह ९ध्बतभच त्बदभि० घट्दै गइरहेको छ । विगत २५ वर्षयता औषतमा २५–३० मिटर सतह घटिसकेको छ । सर्सर्ति हेर्दा प्रतिवर्ष १ देखि १–२५ मिटरको दरले यो घटेको देखिन्छ ।
संस्थानले किन वास्ता गर्दैन ?
जमीनमुनिको पानी बढीमात्रामा निकाल्दा ध्बतभच त्बदभि घट्दै गइरहे पनि संस्थानले यस्तो पानीको प्रयोग घटाउनुको साटो बढाउँदै आएको छ । यो उसको बाध्यता भएको देखिन्छ । हुनपनि मेलम्ची आयोजना कार्यान्वयन हुन्छ भन्नथालेको १५ वर्षभन्दा बढी भइसक्यो । मेलम्ची आउने भइसकेपछि त्यो आयोजना सम्पन्न हुनु अघिका लागि मात्र कुनै पनि स्रोत परिचालन गरी पानी आपूर्ति गर्ने र मेलम्चीपछि अन्य सबै स्रोतहरू बन्द गर्न सकिने भएकाले केही वर्षका लागि जमीनमुनिको पानी बढीमात्रामा निकाल्दा खास अप्ठेरो नपर्ने थियो । दातृ संस्थाहरूका अनुसार त मेलम्ची आयोजना कार्यान्वयन हुनु अघि नै नेपाल खानेपानी संस्थानले गरिआएको काम एचष्खबतभ ःबलबनझभलत ऋयलतचबअतयच लाई दिने भन्ने भएकाले संस्थान त केही वर्ष वा दिनका लागि मात्र कार्यरत थियो र छ । अहिले पनि केही महिनाभित्र संस्थानको काम विदेशी÷ऋयलतचबअतयच को हातमा जाँदैछ भन्ने निर्णय भइसकेको छ । तर यसो भन्न थालिएको पनि ७ वर्षभन्दा बढी भइसकेको हु“दा संस्थानको आयु अझ बढ्ने सम्भावना भने छँदैछ । तसर्थ यसरी अनिर्णितरूपमा रहनुभन्दा संस्थानलाई कि पूरै जिम्मा दिने वा तुरुन्त जिम्मेदारीबाट हटाइदिनु आवश्यक भइसकेको छ ।
अव कस्तो नीति लिनुपर्छ ?
अव खानेपानीको जिम्मा लिने संस्थाले मेलम्ची आए पनि वा नआए पनि अलि फरक ढङ्गले सोचेर नया“ आयोजनाहरू निर्माण गर्नुपर्छ । उपत्यकाभित्रका स्रोत प्रायःजसो उपयोग भइसकेका हु“दा अव पुराना म्भकष्नल ऋचष्तभचष्ब को ुक्बाभ थ्ष्भमिु वा वर्षैभरि कहिल्यै पनि नघट्ने अत्पादन क्षमतामात्र होइन कि वर्षको ६ महिनामात्र पनि पानी प्राप्त हुन सक्छ भने पनि यस्तो आयोजनामा हात हाल्नु पर्छ । यसरी वर्षको धेरै समयसम्म सतहगतगत पानी लिने र नपुगमात्र भूमिगत पानी निकाल्नुपर्छ । उदाहरणका लागि वर्षको ६ महिना सतहगत पानीमात्र लिने, ३ महिना भूमिगत पानी कम लिने र बा“की ३ महिना भूमिगत पानी बढीमात्रामा लिने गर्न सकिन्छ । हाल उपत्यकाको माग २२ करोड ४० लाख लिटर भए पनि यति पानी कहिल्यै उपलब्ध नभएकाले ग्राहकलाई यो मागस“ग भन्दा पनि न्यूनतम मागस“ग सम्बन्ध छ । तसर्थ यो मागलाई वर्षादको समयमा २० प्रतिशत कटाउने र हिउँदको समयमा ३० प्रतिशत कटाएर जम्मा मागलाई क्रमश ८० र ७० प्रतिशतमा ल्याएर आपूर्ति गर्ने योजना निर्माण गर्नसके पनि मेलम्ची आउनु अघिका लागि पानी आपूर्ति अलि व्यवस्थित हुनेछ । यस्तो कार्यक्रमका साथै चुहावट कम गर्ने आयोजना निर्माण गर्नु पनि त्यत्तिकै आवश्यक देखिन्छ ।
हालको सतहगत स्रोतको क्षमता करिब १४ करोड ५० लाख लिटर छ । वर्षको ६ महिनाका लागि मात्र पानी लिने हो भने यी स्रोतबाहेक ३ करोड ९० लाख लिटरसम्म पानी थप गरी कुल क्षमता १८ करोड ४० लाख लिटरसम्म पु¥याउन सकिन्छ । हालको मागमा २० प्रतिशत कटौती गर्दा वा व्क्ष्ऋब् को अनुमानलाई मान्दा यो उत्पादनले मागलाई धान सक्छ र जमीनमुनिको पानीको आवश्यकता पर्दैन । थप ३ महिना सतहगत पानी १२ करोड लिटरमा झर्छ र त्यसबेला दैनिक २ करोड ५० लाख लिटर जमीनमुनिको पानी तान्ने साथै बा“की ३ महिना सतहगत पानी १० करोड लिटरमा झर्दा भूमिगत पानी दैनिक ४ करोड ५० लाख लिटरसम्म लिन सकिन्छ । यसो गर्दा जमीनमुनिको पानी औषतमा दैनिक १ करोड ७५ लाख लिटरमात्र लिए पुग्छ । यसरी अध्ययनले देखाएकोभन्दा बढी जमीनमुनिको पानी तान्नु पर्दैन । ( अध्ययनभित्रका क्षेत्रबाहिरबाट अर्थात क्ष्कयबितभम एयअपभतक बाट पनि दैनिक करिब ३७ लाख लिटर पानी तानिने छ ।) (हेर्नुस् तालिका २ मा)
उपत्यकामा पानीका स्रोत : काठमाडौँ उपत्यकाका पानीका मुख्य स्रोत भनेका यहा“का बागमती र विष्णुमती नदी नै हुन् । २०६१÷६२ को आँकडा अनुसार निम्न स्रोतहरूबाट निम्न बमोजिम पानी उत्पादन भैरहेको छ ः
१) वागमती सुन्दरीजल २.५ करोड–४ – करोड ६६ लाख (प्र.दि.)
२) विष्णुमती÷शिवपुरी ५० लाख – २.५ करोडसम्म (प्र.दि.)
३) बालाजु ६० लाख – १ करोड लि. (प्र.दि.)
४) सैँवु÷ताहाखेल २ करोड ४० लाख – ३.१२ करोड (प्र.दि.)
५) नख्खू २० लाख – ३० लाख (प्र.दि.)
६) बोडे ६० लाख – १.१० करोड (प्र.दि.)
७) महादेवखोला १५ लाख – ५० लाख (प्र.दि.)
८) सिम÷दूधपोखरी ३२ लाख
९) अन्य सतहगत १० लाख – २० लाख (प्र.दि.)
१०) भूमिगत १.५० करोड – ३.५ करोड (प्र.दि.)
पानी आपूर्तिसम्बन्धी अन्य आँकडा निम्न बमोजिम छ :
सुख्खायाम वर्षायाम औषत
माग २२.४० २२४.० २२४.०
उत्पादन १२३.४२ १४२.६३ १३६.२९
चुहावट ४६.९० ५४.२० ५१.७९
आपूर्ति ७६.५२ ८८.४३ ८४.५०
न्यून (१) १४७.४८ १३५.५७ १३९.५०
न्युन (२) ११०.४८ ९८.५६ १०२.५०
माग र आपूर्तिको एउटा उदाहरण तल देखाइएको छ :
तालिका–१ ः प्रस्तावित योजना
६ महिनाका लागि
हाल थप कुल
बागमती ४७ ४ ५१
बिष्णुमती २५ – २५
बालाजू १० ३ १३
नख्खू ३ ३ ६
सैँवु÷ताहाखेल ३२ ४ ३६
डगवेल १८ १५ ३३
अन्य स्रोत १० १० २०
१४५ ३९ १८४
जमीमुनिको पानी
थप ३ महिना
सतहगत १२०
भूमिगत २५ १४५
थप ३ महिना
सतहगत १००
भूमिगत ४५ १४५
तालिका–२
२०६२ मा जमीनमुनिको पानीको प्रयोग (दैनिक १० लाख लिटरमा)
महिना क्क्ष्ऋब्ले सिफारिस गरेको क्षेत्र अन्य क्षेत्र कुुल
(मनहरा, गोकर्ण भक्तपुर) बाँसवारी / महादेवरवाला
साउन
भदौ
असोज
कात्तिक
मङ्सिर
पुष
माघ
फागुन
चैत्र
बैशाख
जेठ
असार
जम्मा
औषत ४.१
४.२
४.२
४.०
४.०
४.०
८.०
१०.०
१३.०
१३.०
१४.०
१०.०
९२.५
७.७ ९.८
८.४
८.८
८.०
८.०
८.०
१०.०
१०.०
१२.०
१२.०
१४.०
१०.०
११९.०
९.९ २
२
२
३
३.३
३.७
२.०
२.०
६.०
६.०
७.०
५.०
४४.०
३.७ १५.९
१४.६
१५.०
१५.०
१५.३
१५.७
२०.०
२२.०
३१.०
३१.०
३५.०
२५.०
२५५.५
२१.३
(यो सामग्री पुरानो भएपनि आज पनि यसको उत्तिकै महत्व रहेका कारण पुन राखिएको हो । सम्पादक)