कर्तव्य ज्यान मुद्दाका फरार पक्राउ

काठमाडाैं । कर्तव्य ज्यान मुद्दाका दश वर्षदेखि फरार प्रतिवादी कैलाली धनगढी उपमहानगरपालिका-१ बस्ने ४०वर्षीय सुर्वण श्रेष्ठलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँ बस्ने ४१ वर्षीय सुरेन्द्र बहादुर सिंहलाई २०६८ मंसिर १८ सोही उपमहानगरपालिका-८धनगढीस्थित दुर्गा मन्दिरमा लागेको मेला हेर्न गएको समयमा सुर्वण समेतका २ जनाले कुटपिट गरी घाइते बनाएकोमा उपचारको क्रममा मृत्यु भएको थियो । घटना पश्चात दुवै जना फरार रहेकोमा अर्का प्रतिवादीलाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा सम्पुर्ण अनुसन्धान कार्य पुरा गरी कैलाली अदालतबाट जन्म कैद २० वर्ष फैसला भएको र सुवर्ण हालसम्म फरार रहेकाले खोजी गर्ने क्रममा सोही उपमहानगरपालिका-९ स्थित लुकिछिपी बसेको अवस्थामा फेलापारी पक्राउ गरेको हो ।
उनलाई आवश्यक कारबाहीका लागि कैलाली जिल्ला अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

Facebook Comments