करोडौं ठगी गरी फरार पक्राउ

काठमाडौं / महानगरीय अपराध महाशाखा काठमाडौंको टोलीले जिल्ला झापा दमक न.पा. ०७कृष्‍णमन्दिर बस्ने बर्ष २९ को चन्दन जिन्दललाई झापा, बारा, पर्सा,सर्लाही बस्ने बिभिन्न व्यक्तिहरुलाई बिभिन्न बहानामा ठगी फरार  रहेको अवस्थामा जिल्ला भक्तपुर मध्यपुर ठिमि न.पा.वडा न.३ गठ्ठाघरमा लुकिछिपी बसेको अवस्थामा मिति २०७७।०४।०१ गते साँझ  १८:०० बजे तिर पक्राउ गरेको । निज चन्दन जिन्दल बिरुद्ध जिल्ला प्रहरी कार्यालय बारामा बैंकिङ कसुर मुद्दा दर्ता भई उच्च अदालत जनकपुर अस्थायी इजलाश वीरगन्जबाट रइलाका प्रहरी कार्यालय दमक झापामा ठगी मुद्दा दर्ता भई झापा जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी भएको  ।

निज अभियुक्त चन्दन जिन्दलले आफुलाई मनिष अग्रवाल भनेर पनि चिनाउने गरेको । हाल सम्म निजले झापा, बारा, पर्सा, सर्लाही बस्ने २२ जनाव्यक्तिहरुबाट जम्मा :- रु७,८१,४२,०००।– (सात करोड एकासी लाख बयालीस हजार) बराबर ठगी तथा बैंकिङ कसूर गरेको खुल्न आएको र अन्य कयौ व्यक्ति तथा उद्योगहरुमा गरेको ठगीको उजुरी आउने क्रममा रहेको । निज अभियुक्तले बारा, पर्साका बिभिन्न खाद्यान्न व्यापारीहरुलाई बिश्‍वासमा लिई उधारोमा खाद्यान्न ल्याई काठमाडौंका व्यापारीहरुलाई खरिद मूल्य भन्दा पनि सस्तोमा नगदमा बिक्री गर्ने गरेको अनुसन्धानबाट खुल्न आएको छ भने झापा तिर जमिन र हार्डवयर व्यवसायमा ठगी गरेको बुझिन आएको ।

Facebook Comments