रौतहट दुर्गा भगवती गाउँपालिका-५ बडहर्वा टोल बस्ने राधा सहनीको घरमा करेन्ट सर्ट भई बुधबार राति आगलागी भएकाे हाे । आगलागी हुँदा सुखारी मिश्रको घरमा समेत आगो फलिएर घर, अन्नपात, लत्ताकपडा, काठपात पूर्णरुपमा जलेर नष्ट भएकाे छ ।
सुखारीको ४ लाख रुपैयाँ र राधाको २ लाख रुपैयाँ गरी ६ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । आगलागीमा परेर घाइते भएका राधाकै १९ वर्षीय छोरा लक्ष्मण सहनीको जिल्ला सरकारी अस्पताल गौरमा उपचार भइरहेको छ । स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिएकाे प्रहरीले जनाएकाे छ ।
Facebook Comments