करेन्ट लागेर ७० वर्षे बृद्धको मृत्यु

काठमाडौं । चन्द्रागिरी नगरपालिका-३ माटिखेल बस्ने रोल्पा लिबाङ घर भएका ७० वर्षीय दल बहादुर पुनको करेन्ट लागेर शुक्रबार साँझ मृत्यु भएको छ । घर नजिकैको खोलातर्फ जाने क्रममा पानी तान्ने मोटरबाट करेन्ट लागेर उनको मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Facebook Comments