रौतहट । चन्द्रपुर नगरपालिका-१० श्रीनगरखोर बस्ने लक्ष्मी नारायण महतोकी छोरी ९ वर्षीया प्रियंका कुमारी महतोको करेन्ट लागेर शनिबार मृत्यु भएको छ । खेतमा घाँस काट्ने क्रममा छिमेकीले आफ्नो खेतमा पानी लगाउन जडान गरेको मोटरको तारबाट करेन्ट लाग्दा उनको घट्नास्थलमा मृत्यु भएको हो प्रहरीले जनाएकाे छ ।
Facebook Comments