बौधीमाई नगरपालिका-१ बस्ने रामचन्द्र साहको घर ढलान गर्न क्रममा करेन्ट लागेर सोही नगरपालिका-५ बस्ने २४ वर्षीय जितेन्द्र यादवको शुक्रबार मृत्यु भएको छ । घर ढलानको लागि छतमाथि गएको अवस्थामा बिजुलीको तारबाट अचानक करेन्ट लागेर गम्भीर घाइते भएका उनको स्थानीय मेडिकल हुँदै तराई हस्पिटल वीरगंजमा थप उपचारको क्रममा मृत्यु भएको हो । साथै करेन्ट लागेर घाइते भएका सोही नगरपालिका-५ बस्ने २२ वर्षीय शेख मुस्ताफ र ३५ वर्षीय सुरेश यादवको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।
Facebook Comments