करेन्ट लागेर मृत्यु

उदयपुर ।त्रियुगा नगरपालिका-२ खैजनपुर बस्ने ३८ वर्षीया रिता बुढाथोकीको करेन्ट लागेर शुक्रबार साँझ मृत्यु भएको छ । घर नजिक खेतमा पानी लगाउन राखिएको मोटर चलाउने क्रममा करेन्ट लाग्दा गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएकाे छ।

Facebook Comments