बारा कलैया उपमहानगरपालिका-१३ बलिरामपुर बस्ने २५ वर्षीया पुष्पा देवीको आफ्नै घरको कलमा जोडेको विजुलीबाट मोटर चलाउने क्रममा शनिबार बेलुका करेन्ट लागेर मृत्यु भएको छ । करेन्ट लागेर गम्भीर घाईते भएकी पुष्पाको उपचारको लागि जिल्ला अस्पताल कलैयातर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । यसमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
Facebook Comments