मकवानपुर हेटौंडा उपमहानगरपालिका-६ चौघडा बजार बस्ने ध्रुब घिमिरेको प्लटिङमा सोलार जडान गर्ने क्रममा तार सर्ट भई करेन्ट लाग्दा नवलपरासी (पूर्व) कावासोती नगरपालिका-११ बस्ने ३० वर्षीय ऋषिराम पोखरेलको शुक्रबार मृत्यु भएको छ । करेन्ट लागेर गम्भीर घाइते भएका उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
Facebook Comments