करेन्ट लागेर मृत्यु

काठमाडौं ।ललितपुर महानगरपालिका-२३ धापाखेल डाउनटाउन बस्ने बारा देवताल गाउँपालिका घर भएका ४० वर्षीय नगेन्द्र महतोको करेन्ट लागेर सोमबार बिहान मृत्यु भएको छ । सोही ठाउँ बस्ने मान बहादुर केसीको घरको बाहिरपट्टी टायल राख्ने क्रममा बाँधेको खटको बाँसले हाईटेन्सन लाइनमा छुँदा करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारको लागि सुमेरु अस्पताल धापाखेलतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

Facebook Comments