श्रीमती र छोरीलाई एसिड प्रहार गरेको अभियोगमा जनकपुर उपमहानगरपालिका-२० देवपुरा रुपैठा बस्ने २४ वर्षीय संजिव साहलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
सोही उपमहानगरपालिका-७ जानकीनगरस्थित माइतिघर बस्दै गरेकी २० वर्षीया श्रीमती आर्ती साह र उनकी छोरी ३ वर्षीया रिया साहलाई संजिवले एसिड प्रहार गरी भागेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी जनकपुरधामबाट खटिएको प्रहरीले संजिवलाई पक्राउ गरेको हो । घाइतेहरुको जानकी हेल्थ केयर जनकपुरमा उपचार भइरहेको छ ।
Facebook Comments