काठमाडौं । अमेरिकाले एमसीसी बारे निर्णय गर्ने अधिकार नेपाललाई भएको भन्दै यसलाई संसदबाट अनुमोदन गर्नका लागि समय दिने संकत गरेको छ । नेकपाभित्रको विवादका कारण संसदबाट अनुमोदन हुनबाट ढिलाइ भइरहेको एमसिसी परियोजनालाई स्वीकार गर्ने कि नगर्ने भन्ने रोजाइ नेपालको अधिकार भएको अमेरिकाले जनाएको छ ।
अमेरिकी दूतावासले सोमबार विज्ञप्ति जारी गर्दै भनेको छ यस्तो रकम सधैँ उपलब्ध हुने छैन । पूर्व निर्धारित समय सीमा अनुसार असार १६ गते सम्म सम्झौता संसदबाट अनुमोदन भइसक्नुपर्ने थियो ।
दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ दुई देशले सेप्टेम्बर २०१७ मा हस्ताक्षर गरेको र नेपालले सेप्टेम्बर २०१९ भित्र अनुमोदन गर्ने प्रतिबद्धता जनाएको ५० करोड डलरको अनुदानलाई अगाडि बढाउन आवश्यक अर्को कदम अनुमोदन हो । अनुमोदनमा ढिलाइ गर्नुको मतलब झन्डै २ करोड ३० लाख नेपालीलाई थप रोजगारी तथा आर्थिक वृद्धिमा बढोत्तरीका फाइदा दिलाउनमा ढिलाइ गर्नु हो ।’
यस परियोजनाले नेपाली जनतालाई लाभ हुने र यसले नेपालका लाखौं मानिसलाई गरिबीबाट माथि उठाउन सहयोग गर्ने छ भन्दै यो सहयाेग लिन राजदूतावासले आग्रह गरेको छ ।
Facebook Comments