एक नम्बर प्रदेश महंगो गाडी किन्दै

विराटनगर । कोरोना भाइरसको महामारीका लागि सहयोग जुटाइरहेको बेला प्रदेश एक को उद्योग, पयर्टन वन तथा वातावरण मन्त्रालयले मन्त्रीका लागि गाडी खरिद गर्ने निर्णय गरेको छ ।
मन्त्री जगदिशप्रसाद कुसियैतका लागि २ करोड ७ लाख रुपैयाँ बराबरको गाडी खरिद गर्ने तयारी भएको हो । मन्त्रालयका अनुसार गाडी खरिद प्रक्रिया मन्त्रालयले जेठमा १२ गते बोलपत्र स्वीकृत गर्दै खरिदका लागि काठमाडौँको पायोनियर मोटो कर्पोरेसन प्रालिसँग २ करोड ७ लाख ५० हजार र काठमाडौँकै सिप्रदी ट्ेडिंग प्रालिसँग ८५ लाख ४८ हजार रुपैयाँको गाडी खरिद प्रक्रिया अन्तिम चरणमा पुगेको हो ।
मन्त्रालयका विभिन्न क्षेत्रमा सवारीसाधन आवश्यक भएको र अतिरिक्त रुपमा गाडी नभएकोले खरिद गर्नुपरेको उनको भनाई छ । कोरोना भाइरसको महामारीका कारण एउटा टाटा सुमो गाडी कोरोना अस्पताललाई दिएको बताएका मन्त्री कुसियैतले मन्त्रालयलाई सहजीकरण र व्यवस्थित गर्नका लागि गाडी खरिद गर्ने भएको बताए ।

Facebook Comments