एक इमान्दार कर्मचारीको क्रन्दन

नियम विपरित काम नगराई पाऊ हजुर

काठमाडौं । ‘नियम विपरित कम गर्न असहमति जनाइएको बारे’ यो विषयले कति महत्व राख्ला ? समयले अवश्य बताउला । सर्लाहीको बबरिया गाउँपालिका भवानीपुरका प्राविधिक शाखा प्रमुख इन्जिनियर रविन्द्र कुमार शाहले प्रमुख प्रशासकिय अधिकृतलाई २०७७ असार १७ गते लेखेको पत्रको विषय हो ।
उक्त गाउँपालिकाको २०७६।०७७ को योजनाहरुको काम २०७७ असार १७ गतेसम्म संझौता नभएको तर पहिलाकै मितिमा काम गराउन जनप्रतिनिधिहरु र कर्मचारीहरुले दवाव दिइरहेको हुँदा आफु दवाव अनुसार काम नगर्ने भइ हाकिमलाई लिखित जानकारी गराइएको हो ।
प्रदेश तथा संघबाट आएको अनुदानको योजनाहरुको काम सम्पन्न नभइकन कार्य सम्पन्न गर्न दवाव दिइरहेको हुँदा हजुर समक्ष जानकारीका लागि अनुरोध गर्दछु भनि पत्रमा उल्लेख छ ।
सर्लाही जिल्ला प्रशासन कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग वर्दिवास महोत्तरी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सिंहदरवार तथा जिल्ला समन्वय समिति सर्लाहीलाई बोधार्थ समेत दिएको छ । एक इमान्दार राष्ट्र सेवकको यो क्रन्दन भरिएर लेखिएको पत्रको राज्यले कदर गर्छ या निजलाई सरुवा गरेर पुरुस्कार दिन्छ । सो भने हेर्न बाँकी नै छ ।

Facebook Comments