काठमाडौं । नेपाल सरकारको सोमबार बसेको मन्त्रिपरिषद्ले नेपालमा उर्जा र साना सिंचाइको क्षेत्रमा ऋण अनुदान सहायता लिने निर्णय गरेको छ । यसरी लिने अनुदानमा उर्जा क्षेत्रका लागि विश्व बैंकबाट र सिंचाइका लागि स्वीस बैंकको सहायता लिने निर्णय गरेको हो ।
नेपालमा रहेको विद्यमान ऊर्जा क्षेत्रमा लगानी बढाउन र कायकुशलता अभिबृिद्ध गर्नका लागि विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संथा (आई.डि.ए.) बाट बजेटरी सहयोगको रुपमा प्रस्तावित १० करोड अमेरिकी डलर (करिव रु १२ अर्ब) बराबरको प्रस्तावित सहुलियतपूर्ण ऋण सहायता रकम स्वीकार गर्ने निर्णय गरेको छ ।
त्यसै गरेर साना र्सिचाइ आयोजना दोस्रो चरणका कार्यक्रम कार्यान्वयनका लागि स्वीजरल्याड सरकारबाट प्राप्त हुने १ करोड ७६ लाख स्वीस फ्याङक (करिव दुई अर्ब दुई करोड चालिस लाख नेपाली रुपैया) बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको ।
यसरी लिइएको अनुदानबाट उर्जा र कृषिका क्षेत्रमा प्रत्यक्ष लाभ पुग्ने विश्वास गर्दै मन्त्रिपरिषद्ले यो निर्णय गरेको हो ।
Facebook Comments