उपरथी ईश्वर हमालद्वारा UNDOF मिशन सिरियाको कार्यभार ग्रहण

काठमाडाैं ।  नेपाली सेनाका उपरथी ईश्वर हमालले United Nations Disengagement Observer Force (UNDOF) मिशन सिरियाको Head of Mission तथा Force Commander (HoM & FC) को कार्यभार सम्हाल्नु भएको छ ।

उहाँलाई श्रावण १२ गते एक विशेष समारोहका बीच उक्त मिशनका Acting Head of Mission, Mr Amedeo MICELLI सँग कार्यभार बुझ्नु भएको हो । उक्त कमाण्ड बुझबुझारथ (Hand Over & Take Over) कार्यक्रममा शान्ति सैनिकको एक टुकडीले उहाँलाई सम्मान गारत अर्पण गरेको थियो । उक्त औपचारिक कार्यक्रमलाई सम्बोधन गर्दै उपरथी हमालले मिशनका लक्ष्यहरु हासिल गर्नु आफ्नो पहिलो प्राथमिकता रहेको उल्लेख गर्नुहुँदै सबैको सहयोगको अपेक्षा रहेको बताउनु भएको      थियो । संयुक्त राष्ट्र संघका महासचिव Antonio Guterres द्वारा उपरथी हमाललाई मिति २०७६ फाल्गुण १२ गते उक्त पदमा नियुक्त गर्नु भएको हो ।

 

Facebook Comments