इपान एउटा हाँसो उठ्दो चुनाव

काठमाडौं । जम्मा १७४ जना मतदाता रहेको स्वतन्त्र उर्जा उत्पादक संघको चुनाव हुन लागेको छ । आज २८ जनाको उमेद्वारको नामावली प्रकाशन भएको छ । अध्यक्षमा विन्दवासिनी हाइड्रो पावर डेभल्पमेन्ट प्रा लिका  कृष्ण प्रसाद आचार्य र बाराही हाइड्रो पावर पब्लिक लिमिटेडका  सूर्य प्रसाद अधिकारीले उमेद्वारी दर्ता गराउनु भएको छ ।
इपानका संस्थापक अध्यक्ष एवं साना हाइड्रो उत्पादक संघका उपाध्यक्ष कृष्ण भण्डारी भन्नुहुन्छ –२०५६ मा इपानको स्थापना भएको हो । र यसको प्रथम अध्यक्षमा प्रभाकर शम्शेर राणा हुनुहुन्थ्यो । त्यसैगरी क्रमश : डा सन्दीप शाह, खडग बहादुर विष्ट, डा सुवर्ण श्रेष्ठ हुँदै हाल शैलेन्द्र गुरागाइँ हुनुहुन्छ । इपानको चुनाव आजसम्म भएको थिएन । सबै नेतृत्व सर्वसहमतिबाट नै भएको हो । हाल पनि सहमति नै हुनुपर्छ भन्ने मेरो धारणा हो । र यसमा कृष्ण प्रसाद आचार्य अध्यक्ष र सूर्य प्रसाद अधिकारी उपाध्यक्षमा सहमति गरेर सबै पदमा सहमति हुनु पर्छ भन्ने हो । साथीहरु छलफल र सरसल्लाहमा जुटिरहनु भएको छ । छिट्टै सहमति हुन सक्छ । इपान र साना जलविद्युत उत्पादन संघ पनि एक भएर सहकार्य गर्नु पर्छ ।
निजी क्षेत्रबाट विद्युत प्रर्वद्धनको इतिहास २५ वर्ष भएको छ । निजी क्षेत्रका प्रवद्र्धकहरुको वास्तविक अवस्थालाई कसैले दयनीय भनेमा हाइड्रो पावर मालिकहरु विचरा देखिन सक्छन् । तैपनि म र म भएमा वा राजनीतिक रंग वा योजनाका साथ नेतृत्व हत्याउनु पर्छ भन्ने सोच राखेको भए इपानका लागि दूर्रभाग्य हुने छ । अहिलेका विभिन्न चुनौतीहरुको सामना गर्न हामी भनेर अगाडि बढ्नु पर्नेमा चुनावी प्रतिस्पर्धा र हार जितको परिणामले इपानको चुनावलाई एउटा हाँसो उठ्दो मजाक भन्न सकिन्छ ।

Facebook Comments