स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (ईप्पान) को टोलीले आज वन तथा वातावरण मन्त्री प्रदीप यादवलाई भेटी वन क्षेत्रमा पर्ने जलविद्य¬त आयोजनाहरुलाई सहजीकरण गरिदिन अनुरोध गरेको छ ।
माग पत्र बुझाउन ईप्पानका का.वा. अध्यक्ष गणेश कार्कीको नेत्तृत्वमा महासचिब गोरे शेर्पा, कार्यसमिति सदस्य बिक्रम बिष्टलगायतका ऊर्जा डेभलपर्सहरु मन्त्रालय गई मन्त्री यादवलाई ज्ञापनपत्र बुझाएका हुन । मन्त्री यादवले आफू ईप्पानका मागहरुप्रति सकारात्मक रहेको बताउनुका साथै आगामी हप्ता यस सम्बन्धमा मन्त्रालय र ईप्पानबीच बृहत छलफल गरेर निष्कर्षमा पुग्ने मौखिक सहमति भएको जनाइएको छ ।


Facebook Comments