काठमाडौं । स्वतन्त्र उर्जा उत्पादक संघ (इपान) को नयाँ कार्य समिति चयन भएको छ । अध्यक्षमा कृष्ण आचार्य, उपाध्यक्षहरु आशिष गर्ग, गणेश कार्की र मोहन डाँगी महासचिवमा गोरे शेर्पा, सचिवहरुमा भरत खत्री, रमण आचार्य र बलराम खतिवडा कोषाध्यक्षमा आनन्द चौधरी चयन हुनु भएको छ ।
त्यसैगरी सदस्यहरुमा भरत कुमार खड्का, प्रकाश दुलाल, भरत लामिछाने थापा, उत्तम ब्लोन लामा, कविता कंडेल र अभिज्ञा मल्ल चयन हुनु भएको छ । कोभिड १९ का कारण घोषित निर्वाचन स्थगित भएपछि सहमतिमा कार्य समिति चयनका लागि वार्ता प्रयास भइरहेका थिए । अन्तत लामो छलफल पछि १४ सदस्यीय नयाँ कार्य समितिको घोषणा भएको हो ।
Facebook Comments