इपानद्वारा अदालतको अपहेलना

रिट निवेदकलाई धम्की

काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपालले २०७७ असोज ३ गते साँझ अदालतको अपहेलना र रिट निवेदकलाई धम्क्याउने उद्देश्यले एक विज्ञप्ती जारी गरेको छ । अदालती मुद्दासँग सम्बन्धित विज्ञप्ती शीर्षकमा रिट निवेदकलाई कानुनको अपव्याख्या गरेको आरोपसमेत लगाइएको छ ।


विज्ञप्तीमा ‘विद्युत नियमन आयोग ऐन लागू भए पश्चात र विद्युत नियमन आयोगले आफ्नो काम सुचारु गर्नु पूर्वको समयावधीमा कानुनको अपब्याख्या गर्र्दै माथि उल्लेखित विद्युत खरिद संझौताको बैधानिकतामा प्रश्न उठाएको देखिन्छ ।’ भनि उल्लेख छ । विज्ञप्तीमा कसैको नाम, पद र हस्ताक्षर छैन ।
गैर कानुनी रुपमा पिपिए गरेको र राजश्वसमेत छलि गरेको विरुद्धमा विद्युत नियमन आयोग ऐन २०७४ को दफा १३, २० र २१ तथा विनियमावलीको दफा १७ र १९ विपरितको काम कारवाही सम्बन्धमा उच्च अदालत पाटनमा मुद्दा दर्ता भइ कारवाही भइरहेको छ ।
अदालतमा कारवाही चलिरहेको विषयमा प्रभाव पार्ने हेतुले विज्ञप्ती जारी गरी अदालतको अपहेलना तथा निवेदकको मनोवल गिराउने उद्देश्यले विज्ञप्ती जारी गरिएकको प्रति आपत्ति छ ।

Facebook Comments