काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषदले तीन जनालाई सहसचिवमा बढुवा गरेको छ । बढुवा हुनेमा खानेपानी मन्त्रालयका कमल राज श्रेष्ठ, माधव प्रसाद अधिकारी र रामकुमार श्रेष्ठ रहनु भएको छ । उहाँहरुलाई नेपाल इन्जिनियरिङ्ग सेवा, सिभिल समूह, स्यानिटरी उपसमूह, राजपत्रांकित प्रथम श्रेणी, सहसचिव वा सोसरह (सु.ई.) पदमा बढुवा नियुक्ति गर्ने निर्णय गरेको हो ।
Facebook Comments