काठमाडाै । हाल विश्वमा फैलिरहेको कोभिड १९ ले संसारभरी आतङ्क मच्चाइरहेको छ । यो समयमा राहत र उद्धारका धेरै कामहरु भएका छन् । यसै सन्दर्भका एक मनकारी घरभेटीले आफ्नो घरमा भाडामा बसोवास गरिरहेका व्यक्तिलाई चैत्र र वैशाख महिनाको घर भाडा मिनाहा गरेका छन् ।
यसरी घरभाडा मिनाहा गर्ने घरपटी पुख्र्यौली थलो खोटाङ भइ हाल भक्तपुर बसोवास गर्ने चन्द्रकुमार राई हुन । उनी आफू समाजसेवाको क्षेत्रमा समेत क्रियाशील रहेको हुनाले यो काम गर्नमा प्रेरणा जागेको कुरा जलस्रोत डटकमलाई फोनमा जानकारी दिए । उनी किरात राई यायोक्खा भक्तपुरका उपाध्यक्षसमेत हुन । उनले आफूले गरेको यो सहयोग कसैका लागि महत्वपूर्ण हुने ठानेर यो निर्णय लिएको बताएका छन् ।
Facebook Comments