सरिता अर्याल
गोलो अनुहार, सुराहीजस्तो छाँटिएको शरीर, आकर्षक व्यक्तित्व, लगभग पैँतीसको हाराहारी लाग्ने उमेर । पहिरन पश्चिमा भए पनि शरिरको बनोटले उ साउथ एशियाकी हो कि भन्ने झल्काउँथ्यो । ऊ थिइर्, सधँै काममा आउँदा रेलमा भेटिने मेरी अन्जान साथी । धेरै दिन हामी अन्जान नै रह्यौँ । लामो रेलस्टेशनमा मानिसहरु ओर्लिदा आफ्नो गन्तव्यको नजिक ओर्लिन सकौ भनेर चढने बेलामै त्यही अनुसारको ठाउमा गएर बसेको हुन्छन् । सायद उसको र मेरो जानु पर्ने ठाँउ हामी चढेको डब्बा रोकिने ठाँउबाट नजिकनजिक थियो होला र त उ र म सधै एउटै डब्बामा भेटिन्थ्यौ । जमीनमा अग्लाअग्ला पिलर ठ्याएर त्यसमाथी तेर्साइएको लिकमा सेवेन ट्रेन दौडिन्थ्यो भने हामी त्यसैको बुइचढेर काममा दौड्न्थ्यौ । दिनहुँ भेटिँदा हामी बिस्तारै अभिवादनमा मुस्कुराउन थाल्याँै । उ कहा सम्म पुग्दथी थहा थिएन तर म ऊभन्दा पहिला ओर्लने भएकीले मैले नै शुरु गरँे भेट हुँदा ‘हाइ’ र छुट्टिने बेलामा ‘बाइ’ भन्न ।
एक दिन ट्रेन अलि खालीखाली थियो । ऊ नजिक खालीसीट भएकाले म डिब्बाभित्र पस्नासाथ उसले आफ्नो ब्याग छेउको सिटमा राखेर मलाई हातको इसाराले बोलाई । म पहिलो पल्ट पुगे उसको नजिकै बस्न । मैले परिचयको औपचारिकता शुरु गर्दै भनेँ, “हाई मी, बिनिता ।” उसले प्रतिउत्तरमा भनी— “हेल्लो, मी प्रनिता” । मेरो अनुहार खै कस्तो छ तर सबै नयाँ परिचय गर्ने मानिसले इन्डीयन हौ भनेर सोध्दथ्ये । यसमा प्रनिता पनि लाइन मै उभिइन र सोधिहालिन् “इन्डियन ?”
“नो, नेपाली ।”
“ बट यू लुक लाइक एन इन्डियन ।”
“ यस, एभ्रिबडी सेज सो ।”
मेरो मनमा लागेको सहि साबित भयो उ त इन्डीयन नै रहिछे । भारतको राजधानी नयाँ दिल्लीबाट संसारको राजधानी न्युयोर्क आएकी रहिछे । विवाहपश्चात् दिल्ली निवासी भएकी प्रनिताको माइती रहेछ सिक्किम । मातृभाषी नेपाली रे । ओहो ! अब हामीले बोलेको कसले बुझ्ने ? तर उसको बोलाइमा नेपालीपन थिएन । हिन्दी र अंग्रेजी मिसाएर बोल्दथी । गाउबाट काठमाडौं आइपुग्दा आफ्नो गाउको मानिस भेट्दा आफ्नै जस्तो लाग्दथ्यो भने सात समुन्द्र पार छिमेकी देशको मानिस भेटदा हामी दुबैलाई आफ्नै जस्तो लाग्नु स्वभाविक नै थियो । हाम्रो भाषा बुझ्ने त्यहा कोही हुदैन थिए । त्यसैले पनि हामी लाई नजिक बनाएको थियो । हामी थोरै दिनमा नै अभिन्न मित्र भयौँ । मनका कुरा निशंकोच साटासाट गर्न सक्ने । आआफ्नो गुँडबाट फुरर उडेका हामी दुबै त्यहा एक्लाएक्लै थियौ । इन्डीयन र नेपाली को संस्कार संस्कृती धेरै मिल्ने हुनाले पनि न्यूयोर्कमा उसको र मेरो दिनचर्या, सोचाइ, खुसी, पीडा धेरै कुरा मिल्न आउँथे । उ संग बोल्न सुरु गरेको झन्डै दुई महिना पछाडि उसले आफ्नो गँुड सारी म बसेकै रुखमा । एउटै घरमा बस्न थालेपछि हाम्रो सामिप्यता झन बढ्दै गयो । हामी धेरै रातीसम्म एकअर्काका कोठामा गफका पोटरी खोल्दै बस्दथ्याँै ।
रातको नौ बजेको थियो होला । दिनभरिको काम गराइले लखतरान भएको शरिर लिएर डेरातिर लम्कीदै थिए पाइला । ब्याग भित्रको मोवाइल बज्यो टु¨टु¨ टु¨टु¨ । हेरे प्रनिताको फोन रहेछ । “हेलो”
“दिदी कहाँ हुनु हुन्छ ? घर नगएर सिधै म्याग्डोनालमा आउनु ल ।” उसले जवाफ नै सुन्न चाहिन फोन काटिदिइ । आउँदिन भन्ने बहाना पनि बनाउन पाइन । थाकेका पाइला मोडिए म्याग्डोनाल तिर । म्याक्डोनालको एक कुनामा तीनवटा कुर्सी राखेकोमा मुल ढोकातिर फर्केर नै बसेकि थिइ प्रनिता । उ अगाडिको कुर्सीमा बसेको मानिस सित गफ गरिरहेकी थिइ । उनीहरुको अगाडि पुगेर खाली कुर्सीमा केही नबोली बसे । प्रनिताले परिचय गराई, “दिदी, उहाँ रमेश । उहापनि नेपाल बाटनै हो नी । जाँदा दिदी सीत भेट भए जस्तै आँउदा उहासित भेट हुन्थ्यो मेरो ।”
रमेश पनि काठमाडाँैकै रहेछन् । ठुलो जिउडालको मानिस । रातो वर्णको, घोप्टे जुँगा पालेको । हेर्दै क्षेत्रिय खानदानको हो कि जस्तो । नेपाली नै भए पनि पुरुष, त्यो पनि पहिलो पल्ट भेटेको अनि थाकेर लोथ भएको शरीर के कुरा गर्ने नगर्नै भए म । सामान्य कुराकानी पछाडि हामी बिदा भयौ । बिदाहुँने बेलामा उसले हामी दुबैको मोवाइल नम्बर माग्न भ्याइहाल्यो । उ मेरो आड लिएर प्रनिताको नम्बर चाहीरहेको जस्तो मलाई लाग्यो । तर ठूलो ठाउको ठुलै चाला यस्ता व्यक्तिगत कुराकानीमा चासो नदिने ठाउहो न्युयोर्क मैले पनि त्यही कुरालाई पछ्याए र बिदाको हात जोडे ।
रमेश सित छुट्टीनासाथ प्रनिताले भनि “दिदी रमेशले धेरै दिनदेखि कफीको अफर गरिरहेको थियो । आज त अलि जिद्धी नै गर्यो । तर मलाई त्यती सजिलो महशुस भएन । नाइ पनि भन्न सकिन अनि हजुरलाई बोलाएकी हुँ कम्पनीको लागि ।” प्रनिताले त मनको कुरा पोखी तर रमेशको हाउभाउ हेर्दा मलाई त उनिहरुको बिचमा आफू कवाफमा हड्डी भएजस्तो लाग्यो ।
भोलिपल्ट सधैझै प्रनिता र म सँगै निस्कियाँै घरबाट कामका लागि । आज उसका आँखा सामान्य थिएनन् पाकेका लिची जस्ता राता ।
“के भयो तिमीलाई आँखा कस्तो रातो छ त ?”
मेरो प्रश्नको उत्तर नै नदिएर प्रनिताले उल्टै मलाई प्रश्न गरि ।
“दिदी हजुरलाई रमेशले फोन गर्यो ?”
“छैन किन गर्नु मलाई फोन र ? केही थियो र मलाई भन्नु पर्ने ?”
“होइन यसै सोधेको । मलाई त फोन गरेर सुत्नै दिएन । तीन बजे त बल्ल सुतेकी । निँद्रा नपुगेकाले आँखा बिझाइरहेका छन् । त्यसैले रातो भएको होला ।”
“मलाई हिजै लागेको थियो उ तिम्रो नम्बर माग्न चाहन्छ मलाई त बिचमा पारेको मात्र थियो ।” मैले छड्के आँखाले उसको अनुहार निहारे ।
मेरो उत्तरले प्रनिता मुसुक्क मुस्कुराई । “हो र, कसरी हजुरलाई त्यस्तो लाग्यो दिदी ?” मेरो हिड्दै गरेको पाइला टक्क रोकिए । म उभिए पछि उ पनि मलाई नै हेर्दै उभिइ । मेरो देब्रे हात उसको पिठ्युँमा धाप मार्न पुग्यो । “तिमी र म दुबै छोराछोरीका आमा । हामीलाई पुरुषको मनोबिज्ञान पढ्न के गाह्रो हुन्छ र ? अनि किन उल्टै मलाई सोधेकी ?” प्रनिता मुस्कुराँउदै अगाडि बढी । बिहानको घामको लालिमा उसको अनुहार भरी चढेको थियो ।
“तिम्रो श्रीमान्को फोननम्बर देऊ, म फोन गरिदिन्छु । तिम्रो जार आयो है भनेर ।” मेरो कुरा सुनेर ऊ खिलखिलाएर हाँसी ।
हामी स्टेशनमा पुग्यौ । दिमाग रेलतिर घुम्यो । रेल आयो । संगै बस्ने ठाँउ पनि पाइयो । एक घन्टा भन्दा बढी अझै हामीलाई संगै हुनु थियो । प्रनितालाई के लाग्यो कुन्नी आफै बोल्न सुरु गरि “दिदी, म के मान्छे होइन र ? शरीरले एकपटक पाइसकेको कुरा फेरि माग्दैन र ? यो प्राकृतिक देन त हो नी । देल्लीमा पनि , के मेरो श्रीमान् मात्र म नै भनेर बसेको होला त ? मन लाग्यो भनेर मैले पनि साँडे खोजेको गाईजस्तै जताततै कराउँदै हिड्ँनु पनि त भएन ।”
“अनि , अब के सोच्यौ त ?”
“हामी सबै आफ्नो जोडि सित बिछोडिएकाहरुले मनलाई थामेर नै बसेका त हौँ । मानिस र पशुमा त्यही त फरक हो । मैले पनि चार वर्षदेखि मनले खाएको मान्छे भेटेकी थिइनँ । रमेश हेर्दा राम्रो लाग्यो । किन किन उप्रति आकर्षित भएकी छु ।”
“उसको बारेमा के थाहा छ तिमीलाई ?”
उ नेपालको म इन्डीयाको । ऊ पनि विवाहित रे । दुई सन्तानको बाबु । श्रीमती र छोराछोरी उतै उ मात्र यहा रे । त्यो भन्दा धेरै त थाहा छैन् । ”
“ अनि मनको कुरा पनि हिजै पोखीसकेउ ?”
“कहा दिदी हजुरलाई पो भनेको त । उ सित त मनको कुरा अहिले नै कहा गर्न सक्नु ?”
मैले जिस्क्याएँ— “किन नभनेकी त ? फोनमा भने भइहाल्यो नि । मुख देखिँदैन, अनुहार रातो भएर जीउ लगलग कामे पनि उतापट्टिको मान्छेले देख्दैन त !”
………………………………..
“ तर सोच है , तिमी विवाहित । तिम्रो निर्णय सानो हैन । धेरै सोच है ।
“ हो, मलाई पनि डर त लागेको छ । तर उसलाई देखेको दिन देखि खै मलाई केले तानेको छ छ । झन हिजो देखि त मैले ऊ बाहेक केही सोच्न सकेकी छैन । रानो मौरीलाई अरु मौरीले पछ्याए जस्तै मेरो दिमागले उसैलाई पछ्याइ रहेको छ । भोलि माया प्रीति गहिरियो र हामी छुट्टीन नसक्ने अवस्था आयो भने मेरो पनि बर्बाद, उसको पनि बर्बाद । हामी मात्र छैनौँ । हामीसँग अरू पनि जोडिएका छन् । घरपरिवार र समाज छ । इज्जत छ । तर ……………….. ऊ गम्भीर भई ।
“अनि ,यत्रो चिन्ता पनि बोकेर, तिमीले खोजेको चाँही के त ?”
“एउटा पुरुष जसले मेरो शरीरको भोकलाई शान्त पार्न सकोस” उसले आप्mनो भावना पोखी ।
“त्यसका लागि त मेशिन किने भैहाल्दछ नि” मैलै सल्लाह दिएँ ।
उसले दिल खोली— “होइनहोइन मलाई त मन मिल्ने साथी पनि चाहिएको हो, जसले मेरो मनलाई बुझोस । कंगारुले आफ्नो बच्चालाई च्यापे जस्तो गरेर मलाई मायाले च्यापोस ।”
“ रमेशले तिमीलाई बुझ्दछ त ?”
…………………………..
“ऊ परिवार भएको मान्छे । श्रीमती र छोराछोरीलाई पनि त माया नै गर्छ होला । उसमाथी पारिवारिक दायित्व र जिम्मेवारी पनि त होला । उसले तिमीलाई माया गर्छ नै भन्ने पनि त छैन । कसरि बुझ्ला त तिमीलाई उसले ?”
“खै दिदी ।”
“ऊ त ऊ, के तिमी पनि उसलाई दिलैदेखि माया दिन सक्छ्यौ ? यत्तिका वर्ष एक जनाले छोएको शरीरमा परपुरुषको हात पर्न दिन सक्छ्यौ ? उसले तिम्रो विश्वास र भावना सित खेलवाड गर्दै शरीरसित खेलेर मात्र छोड्यो भने तिमी के गछ्र्यौ ?”
“दिदी, प्लीज डर नदेखाउनु होस न । हजुर नै भन्नु होस म के गरूँ ?” मलाई लाग्यो मेरै कान्छी बहिनी मेरो अगाडि याचना गरीरहेकी छ । मैले बुभेmँ उसलाई कस्तो सल्लाह चाहिएको हो ।
मलाई प्रनिताका बारेमा धेरै कुरा थाहा भैसकेको थियो । ऊ उच्च घरानाकी छोरी र बुहारी, आफ्नै पहिचान बनाएकी महिला । पैँतिस वर्ष नाघेपछि विदेशी भुमीमा पुगेर यो पाइला चाल्न गइरहेकी थिई । म के नै भन्न सक्थेँ र ! ऊ एकसुरमा बोलीरहेकी थिइँ—“मलाई मेरो इज्जत पनि प्यारो छ । मलाई मेरो श्रीमान् र छोरा छोरीको पनि धेरै माया लाग्छ । तर पनि किनकिन मनले एउटा पुरुष खोजेको हो । न्यूयोर्क बसुन्जेलका लागि । त्यसैले मैले नेपाली केटा, त्यो पनि परिवारको जिम्मेवारी लिएको मान्छे खोजेकी हुँ । यस्तो मान्छेसंग नराम्रो नै भइहाल्यो भने ऊ इन्डिया गएर त फलाक्न सक्दैन नि । ” प्रनिता बारम्बार मेरो सल्लाह मागिरहेकी थिई— मानौँ म नै राम्रो नराम्रो बुभिदिने उसकी अभिभावक हुँ ।
म के भनौँ, अलमलमा परेँ । उसको धेरै कुरा सुनिसकेपछि मलाई लाग्यो उसको मनमा रमेश सित सम्बन्ध गाँस्ने मोह पनि छ भने परिणामलाई सोचेर डर ले पनि मुटु नै हल्लाउने गरि ढ्याँग्रो पनि ठोकेकै छ । उसको आशय बुझीसकेपछि मैले सोधे “ प्रनिता, रमेश के काम गर्छ ?”
“ गाडी चलाउँछ ।”
“उसले तिमीसित के चाहेको छ ? सिधै कुरा गर न त ।”
“धेरै दिन देखि लागि रहेको छ उ मलाई चाहन्छ । उसले खुलेर भन्न सकेको छैन भने म त झन महिला कसरि सोध्नु आँट नै आउँदैन ।”
“रमेश सित गाडी छदैछ । एक दिन तिमी र रमेश लङड्राइभ जाउ । केही समय उसको व्यवहार हेर । उसले नै मुख खोल्यो भने भैगयो नभए तिमी नै मनको कुरा खोल । उसको मनमा के छ ? तिमी सीत के चाहेको छ ? कस्तो खालको मान्छे हो, सब बुझ । ऊ तिम्रो सामुन्ने पनि हुन्छ । तिमीले चाहेको बेलामा उसको अनुहार पढ्न पनि सक्छ्यौ । तर तिमीले बोल्दा उसले तिमीतिर हेर्न पाउँदैन किनकी उसको हात स्टेरि¨मा र आँखा अगाडि पछाडि हेर्नु पर्ने हुन्छ । उसंगै भएर पनि नजर मिलाउनु नपर्ने भए पछि तिमीलाई बोल्न पनि गाह्रो हुदैन ।”
चिन्तीत भएको उसको अनुहार उज्यालो भयो । खुशी भइ बसिबसी मलाई अंगालोमारी ।
एकजना विवाहित महिलालाई प्रेमप्रस्ताव कसरि पस्कीने सिकाए मैले । सोमबार प्रनिताको बिदा । त्यही दिन उनीहरू गए न्यूजर्सी घुम्न ।
शिस्यले घोकेपढेको पाठ गुरुलाई सुनाएको जस्तो गरेर उसले एकैपल्ट मैले सीकाएका सबै कुरा रमेशको सामिप्यमा बिसाइ छ । “रमेश , मलाई थाहा छ तिमी मलाई चाहन्छौ । तर तिम्रो चाहना कस्तो हो त्यो मैले बुझ्न सकेकि छुइन । आज म मेरो मनको कुरा गर्न चाहन्छु । हो म पनि तिमी प्रति आकर्शीत त हुन थालेकी छु । तर म तिमीलाई नमरुन्जे पाइरहु भन्न चाहन्न । के तिमी न्यूयोर्क बसुन्जेलका लागि मात्र मेरो सबथोक बन्न सक्छौ ? ” एक्कासी प्रनिताको यस्तो कुरा सुनिसकेपछि पनि रमेशले कुनै प्रतिकृया देखाएन । कर्केआँखाले प्रनिताले हेरी उ मुसुमुसु हाँसी रहेको थियो । नजर अगाडि टिकेका थिए । प्रनितालाई औडाहा भयो । मुख सुकेर आयो । हात खुट्टा लल्याकलुलुक भए । गुन्द्रुकहाल्न घाममा सुकाएको तोरीको साग ओइलाए जस्तो ओइलिइ । ‘ला, रमेश बोलेन उसले के सोच्यो होला ! कस्ती आइमाई रहिछ, कत्ति चाँडो आफ्नो स्वार्थी प्रस्ताव राखी भन्ने पो हो कि ? न उसको कुनै अर्कै केटी पो छ कि ?’ मनमा अनेक कुरा खेल्न थाले । उ त मनको कुरा पोख्नलाई नै गएकी थिइ न्युजर्सी तर रमेशले नबोलेकोले मनमा हावाहुँडरी चलिरहेको थियो । न्यूजर्सी घुमाइ फुस्रो भयो । दिनभरि रमेशले अरु नै कुरामा प्रनिताको ध्यान बाट्न खोज्यो । फर्किदा बाटोमा खाना खाउँ भन्दै एउटा पाकिस्तानी रेष्टुरेन्टको अगाडि गाडि रोक्यो ।
“मलाई खान मन छैन । म यही बस्छु तिमी खाएर आउ ल ।” प्रनिताले मधुरो स्वरमा भनि ।
“ए मेरी चीरविरी कोइली , तिमीले भनेको कुरामा म सहमत छु । मेरो पनि अर्कै संसार छ तिम्रो पनि । हामी दुबैलाई यहाको निकटता मात्र चाहिएको हो । मैले बोल्न सकेको थिइन तर तिमीले एकै सासमा सबै कुराको बिट मारिदियौ । म आफैलाई धन्य मानिरहेको छु मैले तिमी जस्तो मायालु पाँए ।”
रमेशको कुरा सुनिसकेपछि उसले एक मुड्की रमेशको तिघ्रामा हिर्काइ भने रमेशले उसको गालामा म्वाइ खायो ।
यो सानो सम्बादले उनीहरुको बगैचाका सबै फुल फुले । खाना खाएर फर्किदै प्रनिताले भन्न भ्याइहाली “हिजोसम्म तिम्रो दिनचर्या कसरि बितेको थियो मलाई मतलब छैन । तर भोलिदेखि तिम्रो जीवनमा प्रनिता बाहेक अरू केटी आउनु हुन्न, यहाँ बसुन्जेलका लागि ।”
“विश्वास गर मेरी चिरविरी , त्यस्तो दिन आँउदैन ।”
मलाई थाहा थियो, त्यो दिन प्रनिता रमेशसित छ भनेर । त्यसैले फोन गरेर म उनीहरूलाई डिस्टर्ब गर्न चाहन्नँ थिएँ । तर धेरै रातीसम्म पनि प्रनिताको फोन नआएकाले मैले उसलाई फोन गरेँ । तर फोन त स्विच अफ …..वाउ ! ! !
भोलिपल्ट काममा जाने समयभन्दा धेरै अगाडि नै ऊ मेरो कोठामा आई, तयार भएर । उसको अनुहारमा थियो अर्कै तेज, मुखमा थियो अर्कै मुस्कान । मेरो अगाडि आएर थ्याङ्क यू भन्दै अङ्कमाल गरी ।
किन केको थ्याङ्कस ? मैले बुझेर पनि नबुझे भैmँ गरेँ ।
सोफामा गएर दुबै हत्केला टेकाएर बसि । म तयार हुन थाले । उसले मलाई रेष्टुरेन्ट सम्मका सबै वृतान्त लगाई । “त्यसो भए हिजो गालामा किस खाएर शुभारम्भ भएछ तिमीहरुको मायापिरती ?”
कहाँ त्यती मात्र र दिदी । उसको कार सुनसान ठाउँमा रोकियो । उसले मलाई अनौठो तरिकाले हे¥यो । त्यो हेराइमा मैले आँखा जुधाउन सकिन । जीउभरि काउकुती लाग्यो । मलाई तानेर आफ्नो छातीमा टसायो । टाउको लुकाएँ । उसले मेरो कपाल सुमसुम्यायो । मेरो निधारमा म्वाइँ खायो । गालामा अनि… हामी दुवै एकअर्काको अँगालोमा बाँधियाँैं । मैले यस्तो अनुभव पहिले कहिल्यै गरेकी थिइनँ । पुरुषको अँंगालोमा नबाँधिएकी त होइन तर हिजोको जस्तो सुखद अनुभब सायद नै पहिले गरेकी हुँला । त्यस्तो सामिप्यता मा मात्र डुबेको सुखानुभूति त श्रीमान्सँग कहिल्यै गरेकी थिइनँ । हामी धेरैवेर त्यहा बस्यौ । मायाँलु सम्बादमा डुबेका हामीलाई गोधुली साँझले घरजाउ भनेर भन्न थालेपछि मात्र बाटो लाग्यौ ।
“तिमीलाई पुर्याएर मात्र उ गाडि छोड्न गयो होला नी ?” प्रनिता जुरुक्क उठेर आइ र मलाई गंम्लंग्न अंगालो हाली । दिदी हिजो रमेशले पहिले गाडि पुर्यायो । त्यहाबाट हामी ट्याक्सीमा आयौ । रमेश मेरै कोठामा सुत्यो । भो, नभनौँ त्यसपछि के भो …। उसका गाला अस्वाभाविक राता भए ।
ऊ सामान्य भएपछि मैले सोधेँ “तिमीलाई तिम्रो श्रीमान्को याद आएन ?”
“बाटो भरि त केही लागेन । मेरो खाटमा उ आउना साथ पल्टीयो । म खाना बनाउछु भन्दै हिड्न लागेको थिए उसले तान्यो मेरो दाहिने हात । म ढुनमुनिदै उसको छातीमा घोप्टीए । पहिलोपल्ट जब उसले मेरो शरिरमा हात घुमाउँदै छोयो, त्यतिखेर मलाई मेरो श्रीमान्को याद आयो । उहाले मलाई यता आउने बेलामा एयरपोर्टमा भन्नु पनि भएको थियो –तिमी कतै अमेरिकामै भासिने त हैनौ ? मलाई र छोराछोरीलाई बिर्सेर उतै घरजम त गर्ने होइनौ होला नी ? तिम्रो मनको धनि तिमी हिडी त हाल्यौ तर म भने तिमीलाई नै मात्र पर्खेर बसेको हुन्छु नि । मलाई कहिल्यै धोका नदिनु ल । मैले त्यो क्षण सम्झीए । मनमा त लाग्यो नि मैले मेरो श्रीमान्लाई धोका दिएकी त होइन जस्तो । पहिलोपल्ट साह्रै गाह्रो भयो । एकै छिन पछि त सबै नर्मल ।”
मलाई उसको कुरा राम्रो लागेन । तर उनीहरुको बिचमा अब केही बाँकी त थिएन तर पनि भने “अब रमेशले तिमीलाई भेटेन भने ? उसले तिमीलाई धोका दियो भने ? ऊ विदेशमा बसेको मान्छे, कुनै रोग पो छ कि ? तिमीसित कुनै साधन त थिएन होला ? भोलि केही भयो भने ? डर लागेन ?”
“ती सबै मेरा मनमा पनि उठेका प्रश्नहरू हुन्, तर जे त होला । जे हुनु भै हाल्यो । आखिर रमेशभन्दा पहिले म नै त अगाडि बढेकी हुँ । मैले नै पहिले प्रस्ताव राखेकी हँु । ”
त्यस दिनपछि प्रनिताको समय म सित भन्दा रमेश सित बढि हुन थालेको थियो । काममा जाँदा उसको गफको विषय नै रमेश हुन्थ्यो । उ कुनै पनि कुरा नछिपाइ मलाई सुनाउँथी । म पनि रेडियोको समाचार सुनेभँैm उसका गफहरू चाख लिईलिई सुनिरहेकी हुन्थेँ । प्रनिताको बिदाको दिन काम छोडेर रमेश पनि प्रनितासँगै हुन्थ्यो । उनीहरू प्रेमसागरमा तैरिरहेका थिए ।
एक अर्काको मायामा फसेपछि स्वभाबमा पनि परिवर्तन हुन्छ भन्ने सुनेकी थिए । विवाह पश्चात स्वभावमा परिवर्तन गर्नु नयाँ घरको चालचलन र संस्कार कारक हो भन्ने मलाई लाग्दथ्यो । तर प्रनिताको जिवनमा क्षणिक सम्झौताका आधारमा रमेशको प्रवेश पाएको थियो । उसको लागि प्रनिताले आफ्नो बानी व्यवहारमा परिवर्तन गर्नु पर्ने जरुरि थिएन । तर एक महिना पनि नबित्दै उसले रमेशका लागि आफ्नो स्वभाव नै परिवर्तन गर्न थालेकी थिई । रमेशको सोचाइ के थियो थाहा भएन तर प्रनिताको खुशीले सगरमाथाको चुचुरो टेकेको थियो ।
जे त होला भनेर केही नबुभी हाम्फालेकी भए तापनि प्रनिताले रमेश सारै भलादमी साथी पाएकी रहिछ । मेरो कोठामा धेरैपल्ट ऊ आएको थियो प्रनितासित । त्यसैले मैले पनि केही थाहा पाएँकी थिए उसको बानी । उनीहरुको एक अर्का प्रतिको आशक्ति देखेपछि मलाई पनि एक जना प्रेमी बनाउनु पर्छ कि के हो जस्तो नभएको होइन । तर सबै रमेशजस्तै कहाँ होलान त ? मरिच जस्तै खुम्चीयो मेरो सोच पनि ।
दुई महिनापछि एकदिन प्रनिता निन्याउरो अनुहार लिएर आई मेरा सामु । उसको महिनावारी रोकिएको थियो । उसको कुरा सुने तर म के गर्न सक्थँे र ? न त म डाक्टर न भगवान्् । जोशमा होस गरिनौ, म के भनौँ भनेर उसैलाई हकारँे । जे भए पनि उसको र रमेशको सम्बन्धको बीउ छरेको दिनदेखिका कुरा मलाई थाहा थियो । उ मलाई दिदी मान राख्दथी भने मनका सबैकुरा पोखेर मित्रता पनि गाँस्दथी । उसको म सितको यस्तो दोहोरो सम्बन्धले गर्दा नै मेरो मनमा आयो – मैले यो केटीलाई बरबाद त हुन दिनु भएन । यही सब सोचेर रमेशलाई भनेर डाक्टर कहाँ जाने सल्लाह दिएँ । उसले त्यहीँबाट रमेशलाई फोन गरी । केहीबेर गफ गरेर उसले भनी— रमेशले त केही वास्ता नै गरेन । डाक्टरकोमा जाऊ मात्र भन्यो । त्यो समय प्रनिताको अनुहारमा कहाली लाग्दो डर देखियो । यस्ता अनैतिक सम्बन्धमा कुनै व्यवधान आइ लाग्यो भने त्यहा दोशी हुने वा चिन्तित हुने अभिभार सबै महिलाकै काँधमा आइपुग्छ । रमेशले पनि कतै प्रनितालाई खाडलमा धकेलेर भाग्न खोजेको त हैन ? मनमा अनेक सबाल आए तर प्रनिताको अगाडि सामान्य भएर अभिभावक भएर उभिए । उ पनि रमेशलाई लिएर नडराएकी भने होइन तर कामको व्यस्तताले होला भनेर उसलाई सम्झाए ।
भोलिपल्ट कामबाट बिदा लिएर हामी डाक्टरकोमा गयौँ । डाक्टरले प्रनिता गर्भवती नभएको जानकारी दिइन । प्रनिताले त्यहीबाट रमेशलाई जानकारी दिई । केहीबेर अगाडिसम्म शङ्काको घेरामा राखेकी रमेशलाई उसले कत्ती चाँडो माफ गरिसकिछ । अब प्रनिताको मनबाट रमेशप्रतिको नकरात्मक भाव हराइसकेको थियो । प्रनिता र म मेरै कोठामा थियौ रमेश आइपुग्यो । केही बेर दुवैलाई अगाडि राखेर सम्झाए । खाना खाएर दुबैजना लागे आआफ्नो खोपीतिर । उनीहरू फेरि पहिलेकै जस्तो निकटतम सम्बन्धमा आएका थिए । हामी तीनैजनाको दैनिकीको साइकल घुमीरहेकै थियो ।
एक दिन प्रनिताले भनी—“दिदी, रमेशको ग्रीनकार्ड डिनाइ भएछ । अब अवैधानिक भएर उसलाई अमेरिकामा बस्न मिल्दैन रे । त्यसैले अमेरिकन नागरिक बनेकी एक नेपाली महिलालाई २० हजार डलर बुझाएर उसले पेपर म्यारिज गर्ने भएछ, ग्रीनकार्ड पाउनका लागि । ” प्रनिता रुन थाली । उसलाई रमेश बैधानिक भएर काम गरोस भन्ने छ । तर यो पेपरम्यारीजले उसलाई हल्लाइदिएको छ । हुन्डरीमा हल्लीएको सुपारीको रुख जस्तो । उसलाई पिर छ रमेश छुट्ला कि भन्ने । ऊ रमेशको नक्कली विवाह हो भन्ने थाहा पाउँदापाउँदै पनि कसैसित रमेशको नाम जोडिएको सुन्न पनि चाहन्न ।
बिचरी प्रनिता के गरोस्, ऊ पनि त एउटा सेमिनारको वहानामा यता आएर यतै पलायन भएर बसेकी थिई । उससँग पनि ग्रीनकार्ड थिएन । ग्रीनकार्डका लागि रमेश छुट्ने भो भनेर ऊ रोएकी रहिछ । सम्झाएर पठाए ।
भोलीपल्ट बिहानै मेरो डोरबेल बजाउन आइपुगी प्रनिता । घन्टीको आवाजले मेरो निन्द्रा खुल्यो आँखा मिच्दै ढोका खोले । उ भित्र पसी म बाथरुम पसे । बाथरुमबाट निस्कदा उसले दुइकप चिया तयार पारीसकेकी थिइ । चियाको पहिलो चुस्की लिएर भनि “रमेशकी श्रीमतीले त पारपाचुके गर्दिन होला नि ? यहाँ विवाह गर्न त नेपालमा भएकी श्रीमतीसित पारपाचुके गरेको हुनुपछ ।” बिहानैबिहान उ झीनो आशा बिसाउन पो आएकी रहिछ । उसलाई रमेशको पनि पीर थियो ।
“रमेशले त्यो महिलालाई ग्रीनकार्ड नपाउन्जेलसम्म एउटै अपार्टमेन्टमा बसेर पाल्नु पनि पर्ने रे । एकातिर बीस हजार तिर्नु पर्ने र अर्कोतिर कत्ति वर्ष लाग्छ कार्ड पाउन, त्यतिसम्म उसको खर्च पनि बेहोर्नु पर्ने । खर्च त ल कमाउँदै पाल्ला तर ग्रीनकार्ड हुनेहुनेबेलामा त्यो केटीले रमेशलाई ब्ल्याकमेल गरी भने ? त्यही देशको मान्छे भोलि गएर म पो रमेशकी वैधानिक श्रीमती भनेर घरमा नै धावा बोलेर अंश मुद्दा हालिदिई भने ? भोलिको दिन कसले देखेको छ र ? सँगै बस्दै जाँदा त्यही महिलासित नै माया पिरती बस्यो भने ?” म चुपचाप उसको कुरा सुनिरहेकी थिए । रातभरिमा कत्ति कुरा सोचिसकेकी होला प्रनिताले म उसको कुरा सुन्दै सोचिरहेकी थिए ।
“आखिर त्यो महिला पनि भर्खर अमेरिकन गोरेसित पारपाचुके गरेर बसेकी त हो । मनै त हो, कसले के भन्न सक्छ र ! भोली रमेशले नेपालको परिवारलाई नै बिर्सेर त्यही महिलासितै बस्यो भने त रमेशकै कमाइमा निर्भर बिचरा ती तीनजना को के होला ?”
ऊ आकाश जमिनको कुरा सोच्दै मलाई सुनाइरहेकी थिई । उफ्, उसको रमेशप्रतिको चिन्ता !
प्रनिता र रमेशको सम्बन्ध दीर्घकालिन त थिएन । सम्झौतामा गाँसिएको सम्बन्धमा तेस्रो व्यत्ती पनि सम्झौतैमा आउन लागेकी त हो भन्ने थाहा पाउँदा पाउँदै पनि पेपरम्यारिजको कुराले प्रनितालाई धेरै पिरोल्यो । उसले धेरै पीर गरेको देखेर मैले रमेशलाई मेरो राम्रो चिनजान भएका एक जना नेपाली वकिलकोमा लिएर गए । कानुनी सल्लाह नै लीन पुगेका हामीले त्यहाँ रमेशको स्थितिका बारेमा खुलेर कुरा गर्यौ । वकिलले पनि रमेशको लागि पेपरम्यारिज मात्र विकल्प भने । अब त झन रमेश त्यो महिलासित पेपरम्यारिज गर्ने नै निर्णयमा पुग्यो । फर्किएर हामी सिधै प्रनिताको कोठामा गयाँै । रमेशले त्यहीँबाट फोन गरेर नेपालमा श्रीमतीसित सबै कुरा ग¥यो र एउटा पारपाचुकेको कागज बनाएर पठाइदेऊ न भन्यो । श्रीमतीले जानेर हो या अन्जानमा हो रमेशलाई पेपर म्यारिज गर्ने अनुमति दिइन् । कार्ड नपाउन्जेलसम्मका लागि त हो नि भनेर होला या पति परमेश्वरप्रतिको अन्धो मायाले हो, उनले सजिलै हुन्छ भनिन् । तर यता प्रनिता …!
ओहो, प्रनितालाई सम्हाल्नै गाह्रो । रोएर उसको आँसु रोकिएको छैन । कत्ति सम्झाउनु । आखिरमा उसले इन्डिया फर्किएपछि पनि त रमेशलाई पाउने त होइन । त्यही सम्झिए त भैहाल्यो नि तर प्रनिता !
मैले धेरै सम्झाए पछि उ सम्भालीइ । “दिदी हजुरले मलाई सुरु देखि सम्झाउनु भएको हो । मलाई नै के भयो भयो । रमेशले मलाई तान्यो । म त मैले सोचेको भन्दा धेरै गहिराइमा डुविसकेकी रहिछु । रमेश ति महिला सित बस्न थालेको पनि धेरै दिन भइसकेको थियो । तर हिजो आएर फेरि मलाई पाउन खोज्यो । मेरो मनले उसको चाहनालाई पहिलेको जस्तो स्वीकार्न सकेन । तर पनि नाइ भन्न सकिन । मेरो घर संसार भुलेर म कतै रमेश मै हराउने त होइन जस्तो लाग्यो । म मा उप्रतिको यो आशक्ति फेरि मौलाएर आयो भने के होला ? यसले के परिणाम देला ? हजुरले त मलाई सुरुमै सम्झाउनु भएकै हो । म किन हराए यत्तिका वर्ष न्युयोर्कमा ? के नपुग्दो छ र दिल्लीमा ? आफुले आफैलाई धोका दिएर किन बाँच्ने म यहा जस्तो लाग्यो । आज ट्राभलएजेन्सी बाट पर्सी दिल्ली फर्कने टिकट लिएर आँए ।”
“किन यति चाढो यस्तो निर्णय लियौ त ? रमेशलाई बिर्सन सक्छौ त ?”
“मैले विर्सनै पर्छ । रमेश मेरो जिन्दगीको घटना मात्र हो । मेरो संसार त उतै छ । मलाई खै के ले यत्तिका वर्ष न्युयोर्कमा भुलायो । यहाको भन्दा राम्रो जिवनशैली त मेरो श्रीमानले मलाई पुराइ दिनु भएकै थियो । देर से आया दुरुस्त आया, जे होस अब फर्कीन्छु आफ्नाकै माझमा । तर दिदी ,भोली र पर्सी नउडुन्जेल म हजुर सितै बस्छु ल ।” मैले केही बोल्न सकिन । प्रनितालाई अंगालोमा लिए । उसलाई मन पर्ने खाना खुवाए । समुन्द्र तिर घुम्न लगे । किनमेल गरियो । उ घर जाँदैछ आफ्नाको माझमा तर पनि मन अमिलो भएको छ । माछा मारिसकेर धमिल्याएको पोखरी भएको छ दिमाग ।
जेएफके एयरपोर्टमा छौ । उ एकनासले रोइरहेकी छे भने मेरो पनि हातमा भएको रुमाल आँखा सम्म पुगेकै छ । दुबै जना मौन छौ । यो कस्तो अबस्था हो ? खुशी हो या दुखी मनले छुट्याउन नसकि आशु बगेको छ । उ हात हल्लाउदै भित्र पसी म आँशु पुछ्दै बाहिरिए ।
Facebook Comments