आयोग वा सरकारले थप निर्णय गरिदिनु पर्छः थापा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले बत्तिको मूल्य बढाउन, लिन र विल काटेर पठाउन पाउछ । जव ग्राहकले ‘मेरो विलको, युनिट कति हो हेरौ भन्दा दिनु पर्दैन र ? हामीले २४ घण्टा विजुली बालेको रेकड दिनु भन्दा नदिने, सुचना केही नदिने अनि ४ वर्ष पछि आएर हामीले मागे जति पैसा ले भन्दा यो समस्या आएको हो । अझैपनि टिओडी मिटर देखाउनु हामीले प्रयोग गरेको विजुलीको पैसा तिर्छौ त भनि राखेकै छौ नि ।’ यो कुरा सिमेन्ट उद्योग संघका अध्यक्ष धुब्र थापाले बताउनु भएको हो ।
अर्थ मन्त्रालयमा आयोजित बैठकमा के भयो र के कुरा भयो भन्ने सन्दर्भमा उहाँले भन्नुभयो ‘साउनको ५/६ गते डाकिएको बैठकमा म जान पाइन । उद्योग वाणिज्य महासंघको तर्फबाट पशुपति मुरारका, परिसंघका अध्यक्ष शतिश मोर र धागो संघका अध्यक्ष पवन गोल्यानसहित थुप्रै साथीहरु जानु भएको थियो । हाम्रा यिनै कुरा त्यहाँ राखेको र महशुल सम्बन्धी कुरा भएकोले समस्या समाधानका लागि नियमन आयोग पठाउने कुरा भएको छ भन्ने साथीहरुबाट जानकारी पाएको छु ।’
तर, यो विषयमा ‘नियमन आयोगका अध्यक्षले आफु जन्मिनु अगाडिको कुरा हेर्न मिल्दैन कसरी हेर्नु भन्नु भएको कुरा सुनेको छु थापाले भन्नु भयो । हामी मर्कामा परेका छाै । प्राधिकरणले गरेको गल्तिको सजाय हामीले थेग्न नसक्ने भयो । तिर्नै नसक्ने रकम निकाले पछि हामी के गर्ने हो ? अब हामीसँग रहेको विकल्प भनेको उद्योग नै सरकारलाई बुझाउनु भन्दा अर्को विकल्प छैन । बैंकको सावा /व्याज र पछिल्लो समयको बन्द प्रभावले उद्योग चलाउन नसक्ने स्थिति देखिएको छ ।’ आयोग वा सरकार जसले भएपनि हाम्रो लागि उचित निर्णय गरिदिनु पर्ने उहाँकाे भनाइ छ ।

Facebook Comments