आयकर राजस्व चुहावटको कसुरमा ४ जना प्रक्राउ

काडमाडौं । भन्सार, मु.अ.कर र आयकर राजस्व चुहावटको कसुरमा तपसिलमा उल्लेखित फर्महरुका संचालक, प्रोप्राईटर तथा मुख्य अभियुक्तहरुबाट ३ अर्व ८२ करोड विगो असुल उपर गरी जरिवाना र कैद सजाय समेत हुन मागदावी लिई आजे उच्च अदालत पाटनमा मुद्दा दर्ता गरिएको ।

काठमाडौ महानगरपालिका वडा नं. १७ सोह्रखुट्टेमा संचालनमा रहेको हाईटेक ईन्टरनेशनल प्रा.लि. का संचालक समेत २ जनालार्इ राजस्व चुहावट गरेको अभियोगमा २ अर्व ४२ करोड ९८ लाख विगो कायम गरी उक्त विगो असुल उपर गरी जरिवाना र कैद सजाय समेत हुन मागदावी लिई आज उच्च अदालत पाटनमा मुद्दा दर्ता गरिएको ।

हाईटेक ईन्टरनेशनल प्रा.लि.ले भन्सार विन्दुबाट मालबस्तु पैठारी गर्दा कतिपय मालवस्तु घोषणा नै नगरी लुकाई छिपाई चोरी पैठारी गरी नेपाल ल्याई आफ्नो कारोबार स्थलमा राखेको, कारोबार स्थलबाट केही मालवस्तुको मात्र आधिकारिक विल वीजक जारी गरी धेरै जस्तो मालवस्तुको लुज विल जारी गरी वा न्यून विजकीकरण गरी यथार्थ कारोबारको छुट्टै लेजर खडा गरी अभिलेख राखी कारोबार लुकाई छिपाई यथार्थ कारोवार नदेखाई नेपाल सरकारलाई तिर्नु बुझाउनु पर्ने भन्सार, मू.अ.कर तथा आयकर छली गरेको देखिँदा उक्त कार्य राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ ले निषेधित सोही ऐनको दफा ४(क),(ख),(ग) र (छ)(पहिलो संशोधन, २०७६ समेतको) ऐनको दफा ४(क), (ख), (च), (छ) र (ज)बमोजिम कसुर गरेकोले भन्सार चुहावट तर्फ रु.१,७१,५६,२८,१११।(, मु.अ.कर तर्फ रु.५९,२८,१३,०८०।( र आयकर तथा लाभांश कर रु.१२,१४,३४,९४९।( समेत कूल जम्मा रु.२,४२,९८,७६,१४०।( (अक्षरोपी दुई अर्व वयालीस करोडअन्ठान्नव्वे लाख छ्यहत्तर हजार एक सय चालीस मात्र) राजस्व चुहावट गरेको वारदात स्थापित हुन आएकोले हाईटेक ईन्टरनेशनल प्रा.लि.का प्रोप्राईटर तथा उक्त प्रा.लि.का कर्मचारीलाई उल्लिखित कसूर अपराधमा राजस्व चुहावट(अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ (सं.स.) को दफा २(छ)(१) बमोजिम उक्त रकम विगो कायम गरी राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा २३(१) र २३ (४) एवं राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) (संशोधित) ऐन, २०५२ को दफा २३(१), दफा २३(१)(घ) तथा २३(४) बमोजिम विगो रकम रु. २,४२,९८,७६,१४०।( असुल उपर गरी जरिवाना र कैद समेत माग दावी लिई उच्च अदालत पाटनमा मुद्दा दर्ता गरिएको ।

ललितपुर महानगरपालिका वडा नं. २ सानेपामा संचालनमा रहेका जे.एस.एस.मोबाईल एण्ड सर्भिसेज प्रा.लि श्री श्याम इम्पेक्स र श्री श्याम बाबा इन्टरप्राइजेज का संचालक र प्रोप्राईटर तथा मुख्य कारोबारी समेत ४ जनालाई राजस्व चुहावट गरेको अभियोगमा १ अर्व ३९ करोड ७ लाख विगो कायम गरी उक्त विगो असुल उपर गरी जरिवाना र कैद सजाय समेत हुन मागदावी लिई उच्च अदालत पाटनमा मुद्दा दर्ता गरिएको ।

जे. एस. एस. मोबाईल एण्ड सर्भिसेज प्रा. लिश्री श्याम इम्पेक्स र श्री श्याम बाबा इन्टरप्राइजेजले पटक पटक भन्सार नतिरी अवैध रुपमा मेमोरी कार्ड, पेन ड्राइभ लगायतका इलेक्ट्रोनिक्स सामान ल्याई बिल बीजक जारी नगरी बिक्री गर्ने गरेको उक्त फर्महरुको कारोबार सम्बन्धी खातावही, लेजरहरु, नगदी रसिद ल्यापटप, हार्ड डिस्क लगायतका अन्य कागजात एवं प्राप्त सवुत प्रमाणहरुको छानबिनबाट उल्लिखित फर्महरुले कारोबार लुकाउने छिपाउने उद्देश्यले कर प्रयोजनमा पेश गर्ने वाहेक अलग्गै किसिमको आन्तरिक लेखा तथा खाता राख्ने गरेको, सबै बिक्री आम्दानी कर प्रयोजनमा समावेश नगरी आंशिक कारोबारमात्र देखाई नेपाल सरकारलाई तिर्नु बुझाउनु पर्ने भन्सार, मू.अ.कर तथा आयकर छली गरेको देखिँदा उक्त कार्य राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, द्दण्छद्दको दफा ३ ले निषेधित सोही ऐनको दफा ४(क),(ख),(ग) एवं राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण)(पहिलो संशोधन २०५२ ऐन, २०५२ को दफा ४ को (क), (ख), (छ) र (झ) बमोजिम कसूर गरेकोले भन्सार १ अर्ब ३९ करोड ७ लाख ९७५ राजश्व चुहावट गरेको वारदात स्थापित हुन आएकोले जे.एस.एस.मोबाईल एण्ड सर्भिसेज प्रा.लि., श्री श्याम इम्पेक्स र श्री श्याम बाबा इन्टरप्राइजेजका संचालकरप्रोप्राईटर तथा मुख्य कारोबारीलाई उल्लिखित कसूर अपराधमा राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२(सं.स.)को दफा २(छ)(१) बमोजिम उक्त रकम विगो कायम गरी राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा २३(१) एवं राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) (संशोधित) ऐन, २०५२ को दफा २३(१), दफा २३(३)तथा २३(४) बमोजिम विगो रकम असुल उपर गरी जरिवाना र कैद समेत माग दावी लिई उच्च अदालत पाटनमा मुद्दा दर्ता गरिएको ।

Facebook Comments