आमालाई कुटपिट गर्ने पक्राउ

सिरहा । आफ्नै आमा ८५ वर्षीया सुदामा देवी साहलाई कुटपिट गरी घाइते बनाएको अभियोगमा कर्जन्हा नगरपालिका-३ खैरा टोल बस्ने ४७ वर्षीय राम अवतार साह सोनारलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

घरायसी झै-झगडाको कारण सोनारले मंगलबार आफ्नै आमालाई कुटपिट गर्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बन्दीपुर सिरहाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घाइतेलाई स्थानीय मेडिकलमा सामान्य उपचार पश्चात जनकपुर हुँदै थप उपचारको लागि सिरहा जिल्ला अस्पताल पठाइएको छ ।

 

Facebook Comments