आफ्नै बुवाको हत्या गरेको अभियोगमा पक्राउ

आफ्नै बुवा ८३ वर्षीय जंग बहादुर सुनारको हत्या गरेको अभियोगमा नौबहिनी गाउँपालिका-४ खबाङ खप्रेटा बस्ने ३० वर्षीय तुले सुनारलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

मादक पदार्थ सेवन गरेका तुलेले सामान्य झगडामा ढुङ्गा प्रहार गर्दा जंग बहादुरको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय लुङबहानेबाट  खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

Facebook Comments