आज केही स्थानमा भारी वर्षा हुने



काठमाडौं । देशभरका अधिकांश स्थानमा मंगलबारको मौसममा आंशिक बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र प्रदेश ५ का थोरै स्थानहरुमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा मेघगर्जन, चट्याङ्सहित भारी वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

देशभर हाल मनसुनी वायुको प्रभाव रहेको छ। साथै नेपालको तराई भूभाग नजिक मनसुनी न्युन चापीय रेखा अवस्थित रहेको महाशाखाले जनाएको छ।

Facebook Comments