काठमाडौँ/नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव (निटफेस्ट) को तेस्रो संस्करण आगामी चैत ६ गतेदेखि १४ गतेसम्म आयोजना हुने मण्डला थियटरले जनाएको छ । विश्व रङ्गमञ्च दिवसका अवसरमा आयोजना गरिने महोत्सवमा ‘सामाजिक रुपान्तरणका लागि रङ्गमञ्चः रैथाने ज्ञानको उज्यालो’ नारा राखिएको छ ।
महोत्सव संयोजक रङ्गकर्मी केदार श्रेष्ठले तेस्रो संस्करण काठमाडौँलगायत केही सहरमा गर्ने तयारी भइरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “महोत्सवको निरन्तरतासँगै यसलाई अझैँ वृहत बनाउने हाम्रो प्रयास हो, यसकारण हामीले यसलाई मुुलुकका विभिन्न सहरमा पुगेर त्यहाँका दर्शकसँग साक्षात्कार गर्न चाहेका छौँ ।”
उहाँले गत असारमा आह्वान गरिएको सूचनामार्फत प्राप्त भएको नाटक तथा कार्यक्रम छनौट गरी केही दिनमै निटफेस्टको विस्तृत नाटक तथा कार्यक्रम तालिका सार्वजनिक गरिने जानकारी दिनुभयो ।
Facebook Comments