अस्थायी युद्धविरामको समय सीमा सकिन लाग्दा पाकिस्तानद्वारा आतङ्कवाद उन्मूलन गर्ने प्रतिवद्धता

पाकिस्तानका विदेश मन्त्री इशाक दारले सोमबार अफगानिस्तानसँगको अस्थायी युद्धविरामको अन्तिम समयमा पाकिस्तान आतङ्कवादको खतरा उन्मूलन गर्न प्रतिबद्ध रहेको बताउनु भएको छ ।

अफगानीस्तान र पाकीस्तानले गत बुधबार रमजानको समापन र ईद अल–फितरका लागि एक हप्ताको युद्वविराम घोषणा गरी सोमबार मध्यरातसम्म अस्थायी युद्धविराम गर्न सहमत भएका थिए ।

विदेश मन्त्री दारले विज्ञप्ती जारी गर्दै पाकिस्तान आतङ्कवादलाई उन्मूलन गर्न दृढ प्रतिबद्ध रहेको बताउनु भएको छ ।

आइतवार, तालिबान सरकार र एक चिकित्सा स्रोतले कुनार प्रान्तमा पाकिस्तानले गरेको आक्रमणमा एक जनाको मृत्यु भएको बताएको छ ।

काबुलले आफ्नो क्षेत्रमा सीमापार आक्रमणको लागि चरमपन्थीहरूलाई शरण दिएको इस्लामाबादको दाबीलाई लिएर अफगानिस्तान र पाकिस्तान महिनौँदेखि द्वन्द्वमा छन् ।

तालिबान अधिकारीहरूले भने उक्त दावीलाई अस्वीकार गरेका छन् ।

गत सोमबार काबुलको लागुऔषध पुनःस्थापना केन्द्रमा पाकिस्तानी आक्रमण पछि ईदको युद्धविराम भएको थियो, जसमा अफगान अधिकारीहरूले ४०० भन्दा बढीको ज्यान गएको बताएका थिए ।

फेब्रुअरीमा सुरु भएको झडप खाडी राज्यहरू र चीन लगायतको मध्यस्थता प्रयासहरू बीच निरन्तर चलिरहेको जनाइएको छ ।

पाकिस्तानको राष्ट्रिय दिवसको अवसरमा प्रधानमन्त्री शाहबाज सरिफले सोमबार अफगानिस्तानमा सैन्य कारबाही आतङ्कवाद विरुद्धको राष्ट्रिय संकल्प उल्लेख गर्नु भएको छ ।-इस्लामावाद(पाकिस्तान)(रासस/एएफपी)

Facebook Comments