काठमाडौं । सिरहा गोलबजार नगरपालिका-१ बलडाँडा बस्ने ३३ वर्षीय अरुण कुमार पुर्वेलाई १ ग्राम ३ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ, करिब ५५ ग्राम १ सय ४० मिलिग्राम लागूऔषध गाँजा, नगद १५ हजार रुपैयाँ र ७ सय ९० भारतीय रुपैयाँ सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पुर्वेले बिक्री बितरणको लागि आफ्नै घरमा लागूऔषधलुकाई छिपाई राखेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध तथा नगद सहित फेला पारी पक्राउ गरेको हो ।
बाँके, डुडुवा गाउँपालिका-१ होलीयाबाट ६५ सिसि नियन्त्रित लागूऔषध कोरेक्स सहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारत घर भएका २५ वर्षीय राज कुमार र ३२ वर्षीय आसिस अहिर रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले भारतबाट अबैध रुपमा ल्याउँदै गरेको उक्त परिमाणको लागूऔषध सहित उनीहरुलाई फेला पारी पक्राउ गरेको हो ।