काठमाडौं । काठमाडौं महानगरपालिका-२६ गोंगबु पवित्रनगरबाट १० किलो अवैध लागूऔषध गाँजा सहित धादिङ गल्छी घर भएका २५ बर्षीय ईश्वर थापा समेत ३ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । शंकास्पद रुपमा बसिरहेका उनीहरुलाई महानगरीय प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले जाँच गर्दा उक्त परिणामको लागूऔषध फेला पारी पक्राउ गरेको हो । साथै उनीहरुले प्रयोग गरेको बा.९० प ६२८९ नम्बरको स्कुटर समेत प्रहरीले बरामद गरेको छ ।
Facebook Comments