काठमाडौं । ‘२७ औं विश्व अल्जाइमर्स चेतना दिवस’को अवसरमा देशका सम्पूर्ण ज्येष्ठ नागरिकहरुमा स्वस्थ, सम्मानित तथा सुखमय दीर्घ जीवनको लागि हार्दिक शुभ–कामना दिनुभएको छ ।
विश्व अल्जाइमर्स चेतनादिवसको रुपमामनाउने गरिएको छ । विभिन्न कार्यक्रमको आयोजना गरेर दिवस मनाइ रहँदा अल्जाइमर्स रोगको बारेमा आम–नागरिकलाई सुसूचित गराउनु हामी सबैको प्रमुख दायित्वहो । यो रोग सबै उमेर समूहमा लाग्ने भएता पनि विशेष गरी ज्येष्ठ नागरिकहरु र दीर्घ रोगीहरु बढी मात्रामा प्रभावित हुने गरेको तथ्यांकहरुले देखाएकाछन् । नेपालीहरुको औसत आयुमा बृद्धिभई बुढ्यौली उमेरका नागरिकको संख्या बढिरहँदा यो रोगबाट ग्रसित हुनेको संख्या पनि बढ्दो क्रममा रहेको स्पष्ट हुन जान्छ ।
यस रोग बारे जनमानसमा रहेको भ्रम र अज्ञानताहटाउने, रोगको प्रकृति, उपचार पद्दति, रोगीलाई दिइनु पर्ने उचित स्याहार सुसार, उपयुक्त खानपानको व्यवस्थालगायतको विषयमा जनचेतना जगाउने अभियान संचालनगर्नुपर्ने आवश्यकता छ । यस वर्ष विश्वअल्जाइमर्स संगठनले तय गरेको Lets talk about dementia अर्थात् डिमेन्सियारोग बारे चर्चा गरौं” भन्ने नारालाई सार्थक पार्न हामी सबै मिलेर कार्यान्वयनमा ल्याउनु पर्ने देखिन्छ ।
यस रोगबाट प्रभावित ज्येष्ठ नागरिकहरुको लागि उपयुक्त स्वास्थ्य सेवाको प्रबन्ध मिलाउने दिशातर्फ सरकार दृढ रहेको छ । सीमित स्रोत र साधनलाई अधिकतम् उपयोग गर्दै यस रोगबाट पीडित ज्येष्ठनागरिकलाई सरकारले वार्षिक रुपमा एक लाख आर्थिक सहायता उपलब्ध गराउँदै आएको छ । ज्येष्ठ नागरिकहरुलाई स्वस्थ, सुखी र सम्मानित एवं सुरक्षित वातावरण सृजना गर्न तथा उनीहरुको ज्ञान, सीप र अनुभव नयाँ पुस्तामा हस्तान्तरण गरी ‘समृद्ध नेपालः सुःखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गराउने काममा विभिन्न नीति तथा कार्यक्रम तर्जुमा गरी प्रभावकारी रुपले कार्यान्वयन गराउनेतर्फ मन्त्रालय सधैं क्रियाशील रहेको छ ।
हाल कोभिड–१९ को महामारीबाट विश्व नै आक्रान्त भइरहेको अवस्थामा विशेषगरी अल्जाइमर्स रोगबाट प्रभावित ज्येष्ठ नागरिकहरु एवं दीर्घ रोग लागेका व्यक्तिहरुमा महामारीको जोखिम तथा मृत्युदर उच्च रहेको कुरा तथ्यांकहरुले देखाएकाछन् । अतः रोगबाट बच्न स्वास्थ्य सुरक्षाका उपायहरु अवलम्बन गराउन व्यक्ति, परिवार, समुदायलगायत सम्वद्ध सबै पक्षको सहयोगको अपेक्षा गर्दै स्वस्थ रहन सबै ज्येष्ठनागरिक समक्ष अपिल गर्नु भएको छ ।
Facebook Comments