अमेरिकामा कम्पनी दर्ता गरी दिन्छु भनी ठग्ने पक्राउ

काठमाडौं । जिल्ला भक्तपुर सुर्यबिनायक नगरपालिका वडा नं. ६ घर भई  हाल का.जि.का.म.न.पा. ३२ कोटेश्‍वर बस्ने भरत बहादुर श्रेष्ठको नाति टुक नारायण श्रेष्ठलाई अमेरिकी नागरिक Danial Lee Mcgee ले टुक नारायण श्रेष्ठको कोटेश्‍वरमा रहेको Atlas security pvt. लाई अमेरिकीमा दर्ता गरी  पार्टनरसीप बनाउंछु भनी १०,००,०००।– रकम  ठगी गरेको,सुजन थापा र सन्दीप कार्की समेत लाई बिजनेस भिषामा अमेरिका लान्छु भनी जनही ५,००,०००।– ठग्ने प्रयास गर्दागर्दैनिजDanial लाईयस महाशाखाबाट खटिएको प्रहरी टोलीले मिति २०७७।०४।१८ गते १४:३० बजे लुकीछिपी बसिरहेको अवस्थामा  काठमाण्डौ क्षेत्रपाटीबाट पक्राउ गरिएको ।

साथै निजले अन्य व्यक्तिहरु समेतलाई ठगी गरेको हुन सक्ने सम्भावना रहेकोलेनिजबाट ठगीमा पर्नु भएको छ भने संम्पर्कमा आउनको लागी अनुरोध गरिएको छ।साथै ठगहरुले विभिन्न वहाना तथा प्रलोभनमा पार्न सक्ने हुनाले सजग/सचेत रही संभावित ठगीबाट जोगिनको लागी समेत अनुरोध गरिएको छ।

Facebook Comments