अब भारतसँग वार्ता हुन्छ : प्रधानमन्त्री ओली

काठमाडौँ । निशानछापमा लिम्पियाधुरा, लिपुलेक र कालापानी समावेश गर्ने निर्णय सर्वसम्मत भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनसँगै एउटा कोर्स पूरा भएको प्रतिक्रिया दिनुभएको छ । अब भारतसँग वार्ता हुने छ ।
संसदले सर्वसम्मतद्वारा शनिबार साँझ संविधान संशोधन प्रस्ताव पारित गरेको हो । संविधान संशोधनमा अभूतपूर्व एकता देखिएको भन्दै उहाँले प्रसन्नता व्यक्त गर्नु भएको छ ।

Facebook Comments