काठमाडाैंः
प्रधानमन्त्री केपी शर्मा ओलीको अहिले त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण भइरहेको छ।
अस्पतालका कार्यकारी निर्देशक प्रेम खड्काका अनुसार प्रधानमन्त्री ओलीलाई बिहान १० बजे शल्यक्रिया कक्षभित्र लगिएको छ। अबको केही घन्टापछि प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण सकिनेछ।
ओलीले दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्न लागेका हुन्।

आज राखिने नयाँ मिर्गौलापछि उनको शरिरमा चार वटा मिर्गौला हुनेछन्। तेह्र वर्षअघि उनले नयाँदिल्लीस्थित एपोलो अस्पतालमा पहिलो पटक मिर्गौला प्रत्यारोपण गरेका थिए। उनका आफ्ना दुई मिर्गौला र पहिलो पटक प्रत्यारोपण गरिएकोसहित तीन वटा मिर्गौला अहिले उनको शरिरमै छन्।
Facebook Comments