अब काठमाडौँमा सवारी चलाउन पास आवश्यक नपर्ने

काठमाडौँ । काठमाडौँ जिल्ला प्रशासन कार्यालयले यसअघि लिएको लकडाउन पास लिएकाहरुले नविकरण गर्न नपर्ने जनाएको छ ।
मंगलबार एक विज्ञप्ति जारी गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौँले जेठ २ गतेदेखि १९ गतेसम्म जारी भई जेठ २० गतेसम्मको समयावधि तोकिएका सवारी पास अब लकडाउन अवधिभर नै मान्य हुने जानकारी दिएको छ ।
सार्वजनिक निर्माण कार्य र अत्यावश्यक सेवामा खटिनुपर्ने संस्थाहरुले लिएका सवारी पासले लकडाउन अवधिभर नै मान्यता पाउने काठमाडौँ प्रशासनले जनाएको छ ।

Facebook Comments