काठमाडाैं । अवैध लागु औषध अफिमको कारोबार भईरहेको छ भन्ने गोप्य सूचनाका आधारमा खोजी गर्दै जाँदा जि.जाजरकोट त्रिवेणी न.पा. वडा नं. ९ स्थायी घर भई हाल का.जि. तारकेश्वर न.पा वडा नं. ४ बस्ने बर्ष २२ को दिलीप विश्वकर्मा र जि. दोलखा भिमेश्वर न.पा-६ स्थायी घर भई हाल का.जि. तारकेश्वर न.पा. वडा नं. ४ बस्ने वर्ष-१८ को प्रमिला राउतले बिक्री वितरण गर्ने उद्देश्यले का.जि. तारकेश्वर न.पा. वडा नं. ४ शेषमति सानोपुल नजिक शंकास्पद रुपमा पछाडि भिर्ने कालो झोला बोकी हिंडिरहेको अवस्थामा फेला पारी निज दिलीप विश्वकर्माले बोकेको सो कालो झोला खानतलासी गर्दा झोला भित्र ६ केजी ५०० ग्राम लागु औषध अफिम जस्तो देखिने खैरो पदार्थ सहित महानगरीय अपराध महाशाखाको विशेष प्रहरी टोलीले पक्राउ गरि आवश्यक अनुसन्धान भईरहेको ।
Facebook Comments