अपी हाइड्रोको हकप्रद शेयर श्रावण १० बाट

काठमाडौं । अपी हाइड्रोपावरले आउँदो साउन १० गतेबाट हकप्रद शेयर निष्काशन गर्न लागेको छ । नियमन आयोगबाट स्वीकृत १ बराबर २ र धितोपत्र बोर्डबाट स्वीकृत १ बराबरा १ को हकप्रद शेयर निष्काशन गर्न लागेको हो । स्वीकृत हकप्रदमध्ये पहिलो चरणमा १ बराबर ०.४७६२ तथा बाँकी दोस्रो चरणमा जारी गरिने कम्पनीले जानाएको छ ।
कम्पनीले सुदुरपश्चिम विकट जिल्ला दार्चुला भइ बग्ने नौगाढ खोलाबाट ८.५ मेगावाट क्षमताको नौगाढ जलविद्युत आयोजनाको व्यवसायीक उत्पादन २०७२ साल भाद्र २ गतेबाट शुरु गरेको हो । कम्पनीले नौगाढ खोलाबाट ८ मेगावाटको माथिल्लो नौगाढ जलविद्युत आयोजनाबाट २०७६ कार्तिक १३ गतेबाट व्यवसायीक उत्पादन शुरु गरिसकेको छ । दुबै आयोजनाबाट कुल १६.५ मेगावाट विद्युत विद्युत प्राधिकरणमार्फत राष्ट्रिय प्रशारण लाइनमा जोडेर सफल व्यवसाय गरिरहेको छ ।
अपी हाइड्रो पावर कम्पनीले माथिल्लो चमेलिया जलविद्युत आयोजना स्थापना गरी ४० मेगावाट क्षमताको आयोजना स्थापना गरी निर्माणको क्रममा रहेको छ । अपी हाइड्रो पावरका संचालक सतिश न्यौपाने जारी हकप्रद शेयरबाट प्राप्त पुँजी चमेलिया जलविद्युत आयोजनामा लगानी गर्ने बताउनु हुन्छ । विगत ४ वर्ष देखि लगातार नाफामा रहेको नौगाढ ८.५ मेगावाट र गत वर्ष देखिको माथिल्लो नौगढ ८ मेगावाट गरी कुल १६.५ मेगावाट तथा ४० मेगावाटको माथिल्लो चमेलिया गरी कुल ५६.५मेगावाटको ठूलो र राम्रो जलविद्युत कम्पनीका रुपमा स्थापीत गर्ने लक्ष्यका साथ जुनसुकै बाधा अड्चनलाई चिर्दै अगाडि बढेको संचालक न्यौपानेले बताउनु भयो ।

Facebook Comments