अपी हाइड्राेको खुद नाफा ६ करोड

काठमाडौं । दुर्गम दार्चुला जिल्लाको नौगड खोलाबाट ८.५ मेगावाट र ८ मेगावाट गरी दुई जलविद्युत आयोजनाबाट अपी हाइड्राे पावर कम्पनीले जनतामा शेयर लगानी गर्ने र लाभाशं प्राप्त गर्न सकिन्छ भन्ने विश्वास जगाएको छ । अपीले विगत ४ वर्ष देखि निरन्तर शेयर लगानीकर्तालाई लाभाशं वितरण गरिआएको कुरा कम्पनीका डाइरेक्टर सतिश न्यौपानेले बताउनु भयो ।
गत चैत्रमा निर्धारण गरिएको वार्षिक साधारण सभा कोभिड १९ को कारण हुन नसके पछि अपीले एक विज्ञप्तीमार्फत शेयर होल्डर, सदस्यहरु र सम्बन्धितमा सुचना जारी गरेको छ । अपीको आ.ब २०७६।७७ को तेस्रो चौमासिकमा १३.४८ करोड मौज्दात रहेको छ । जसमा यस वर्षको खुद नाफा ६.०६ करोड र आव २०७५।०७६ को लाभाशं ७.४२ करोड रहेको जनाइएको छ । वार्षिक साधारण सभा रोकिएको हुनाले लाभाशं वितरण हुन सकेको छैन भने परिस्थिति सहज भएपछि हुने जानकारी गराइएको छ । शेयर कारोवारमा धितोपत्र बोर्डमा अपीले प्रति शेयर थप २ प्रतिशलते शेयर थप्न दिन पाउने गरी स्वीकृत दिएको र आगामी वर्षहरुमा क्रमश: बढाउँदै २ प्रतिशत शेयर साधारण शेयर धनीहरुलेसमेत थप्न पाउने गरी स्वीकृत भएको कुरा डाइरेक्टर न्यौपानेले जानकारी गराउनु भयो ।
दुर्गम स्थानका गइ जलविद्युत उत्पादन गरेर सर्वसाधारणलाई शेयर वितरण गरी हाइड्राेमालिक बनाउने काम गरेर अपीले निजी क्षेत्रबाट उदाहरणीय काम गरेको छ यसले हाइडो क्षेत्रमा जनताको विश्वास बृद्धि भइ आगामी दिनमा सबैलाईसहज हुने विश्वास गर्न सकिन्छ ।

Facebook Comments