काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषदले नेपालमा उत्पादन भई खपत हुन नसक्ने अतिरिक्त विद्युत वा आन्तरिक उत्पादनमा कमी आई अपुग हुने विद्युत छिमेकी मुलुक भारत र बङ्गलादेशतर्फ वा ती देशहरुवाट बोलपत्र वाडे–अहेड, टर्म–अहेडलगायत अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रुपमा विक्री वा खरिद गर्न नेपाल विद्युत प्राधिकरणलाई खरिद वा बिक्रिका सम्पूर्ण चरणहरूको विद्युतीय अभिलेख समेत राख्ने गरी पूर्वस्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । यो निर्णयले अब विद्युत व्यापारका लागि सहज हुने देखिएको छ ।
Facebook Comments